कमल साह
जनकपुरधाम,असार १५ गते । हरिशयनी एकादशी व्रत संगै राष्ट्रिय वृक्षारोपण दिवस यहाँ मनाईयो ।
रामजानकी विवाह मण्डप स्थलमा बर, पिपल र पाखरको गरी १÷१ थान संगै तुलसीको विरुवा जनकपुरधाम उपमहानगर का मेयर मनोज साह र प्रमुख जिल्ला अधिकारी काशिराज दहाल, पर्यावरण प्रेमी सुरेश शार्मा लगायतले रोप्नु भयो ।
तुलसीको विरुवा जगतजननी श्री जानकी जी को दरबारमा रोपण कार्यक्रम सफाई अभियानी बजरँग यादव ले महन्थ श्री रामतपेश्वर दास वैष्णव मार्फत गरियो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय धनुषाले जनकपुरधामको जिरोमाइल स्थित सिक्स लेन रोडको डिभाइडरमा वृक्षारोपण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी काशी राज दहाल, नि. सचिव जगन्नाथ जयसवाल, वनकर्मीहरुको साथै स्थानीय जनप्रतिनिधि तथा भद्रभलादमीहरुको उपस्थितिमा यहाँ बिभिन्न प्रजातिका एक सय विरुवा रोपिएको छ ।
त्यसमा कल्की,राजवृक्ष(अमलत्रास), अशोक, गोल्डमोहर, नीन लागातका विरुवा रोपिएको जनाएको छ ।
सो कार्यक्रमको अध्यक्षता डिभिजन वन प्रमुख बेचन चौधरी ले गर्नुभयो । उहाँका अनुसार जिल्ला वन कार्यालयले रामजानकी दुल्हा भगवना बेला कुटीमा स्थापित बस पार्कदेखि मुजेलियासम्मको सडकको दुबै पटीमा वृक्षारोपण कार्यक्रम हुनेछ ।
सो कार्यक्रममा वन निर्देशनालयका सुरेश शर्माले जिल्ला वन कार्यालयले सडकको दुबै छेउमा करिब १० किमीमा वृक्षारोपण गर्ने कार्र्यक्रम योजना बनाएको छ , जो निकटका दिनमा वृक्षरोपण कार्यक्रम सम्पन्न हुने बताउनु भयो ।
उहाँलै अगाडी भन्नुभयो, ‘वृक्षरोपण दिवस घोषणा गरिएको दिन मात्र वृक्षरोपण गर्ने र अन्य दिन नगर्ने वा सँरक्षण दिवस घोषणा नगरेको भन्दै सँरक्षण नगर्ने होइन ।’
उहाँले हरेक दिन पर्यावरण दिवसको रुपमा मनाएर रुख विरुवा रोपण, सँरक्षण दिवस मनाउन सम्पूर्ण पर्यावरण प्रेमी मित्रहरुसंग अनुरोध गर्नुभयो ।
यत्ता, हरिशयनी एकादशी अवसरमा सनातन धर्मावलम्बिको घरघरमा तुलसीको बिरुवा रोपिएका छन ।
ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा बिहिवार घरघरमा रोपिएको छ । बिहिवारदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ ।
तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दूले घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।
हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।
चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको बताए ।
बिहिवारदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।
हरिशयनी एकादशीदेखि वृक्षा रोपण
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
