रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् । घाईते मध्ये एक जना बाहेक सवैको अवस्था गम्भिर छ ।
केहिलाई एम्बुलेन्सबाट काठमाडौं पठाइएको र केहि पठाउने तयारी भइरहेको छ । विरामी पठाउनका लागि जिल्ला सदरमुकाम भन्दा बाहिरबाट एम्बुलेन्स मगाइएको छ । दुर्घटनास्थलबाट उद्धार गरिएका विरामीहरु मन्थली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
कठजोरबाट रजगाउँमा सच्चाईको कार्यक्रममा गएका यात्रुहरु मन्थली फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परेको सुमो मन्थलीबाट कठजोर तर्फको सडकमा ओसार्ने गर्ने गर्दथ्यो । उक्त सुमो कुनै यातायात समितिमा दर्ता नभएको बुझिएको छ ।
