रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यू भएको छ । घटनास्थलबाट उद्धार गरी उपचारका लागि ल्याइएकी मन्थली ३ कठजोरकी ५३ बर्षिया गीता माया जोगीको शुक्रबार साँझ मृत्यू भएको हो । दुर्घटनामा घाईते भएका ७ जनालाई थप उपचारका लागि काठमाडौ पठाइएको छ ।
कठजोरबाट सच्चाईको कार्यक्रमको लागि यात्रु लिएर खाँडादेवि ४ रजगाउँ पुगेर फर्कने क्रममा टाटासुमो दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण थाहा हुन सकेको छैन् । दुर्घटनामा चालक समेत गम्भिर घाईते भएका थिए । उनलाई बेहोस अवस्थामा उपचारका लागि काठमाडौं पठाइएको छ ।
