रामेछाप । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, पत्रकारमाथिको धरपकड, सञ्चारमाध्यम माथि नियन्त्रणको प्रयास तथा पत्रकारका पेसागत र श्रम अधिकारको उल्लङ्घनविरुद्ध नेपाल पत्रकार महासंघले आज देशभरी प्रदर्शन गर्दैछ ।
महासंघको केन्द्रीय समितिद्वारा घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत पत्रकारलाई सामूहिक गिरफ्तार गर भन्ने ब्यानर सहित हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालय अघिल्तिर विरोध प्रदर्शन हुन लागेको हाे । रामेछापमा पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आव्हानमा आज १ बजे जिल्ला प्रशासन कार्यालयको अघिल्तिर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
