रामेछाप । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेले रामेछापको मन्थलीमा शुक्रबार करदाता शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा भएको उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा सरकारले अंगीकार गरेका कर सम्बन्धि नीति र आन्तरिक राजश्व कार्यालयको काम कर्तव्य र अधिकारको बारेमा व्यवसायीहरुका विच अन्तरक्रिया भएको थियो ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलका तर्फबाट कार्यालयबाट संपादन हुने कार्य र कानुनी व्यवस्थाका बारेमा प्रश्तुतिकरण गरिएको थियो । कार्यक्रममा प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल, कर अधिकृत रामप्रसाद रेग्मीले सहभागिहरुको जिज्ञासाका सम्बन्धमा प्रष्ट पारेका थिए ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष श्याम थापाले स्वागत सहित आफ्नो धारणा राखेका थिए । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी तथा मन्थलीमा विभिन्न पेशा व्यवसाय गरेर वस्ने व्यवसायीहरु र करदाताहरुको सहभागिता रहेको थियो ।

यसैविच रामेछाप नगरपालिकामा समेत शुक्रबारनै करदाता शिक्षा कार्यक्रम आयोजना गरीएको आन्तारिक राजश्व कार्यालय धुलिखेलले जनाएको छ । सरकारले मंसिर १ देखि ७ गते सम्मलाई कर सप्ताहको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईरहेको छ ।