रामेछाप । देशकै प्रमुख पूर्वाधारको रुपमा निर्माणाधिन सुनकोशी मरिण बहुउद्धेश्यीय डाईभर्सन आयोजनाको बाँध निर्माण स्थल विगत एक बर्ष देखि सुनसान छ । निर्माण स्थलमा कुनै कामदार छैनन् ।

आयोजनाको बाँध निर्माण लगाएतका संरचनाको ठेक्का पाएका पटेल रमण जेभिले संतोषजनक रुपमा योजनाको निर्माण कार्य नगरेको भन्दै चुनावी सरकारका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले ठेक्का तोडेका थिए । २०८२ साल कार्तिक २५ गते उक्त ठेक्का तोडिएपछि हाल सम्म अर्को ठेक्का लाग्न सकेको छैन् । ठेक्का कहिले लाग्ने र आयोजनाको काम कहिले सकिने भन्नेमा थप अन्यौलको वातावरण श्रृजना भएको छ ।

ठेक्का रद्ध भएपछि साविकको निर्माण व्यवसायी अदालत गुहार्न पुगेको छ । तर अदालतले परामादेश जारी नगरेकोले सरकारलाई अर्को ठेक्का आव्हान गर्न बाटो खुला भएपछि चार महिना अघी नयाँ ठेक्का आव्हान भएको थियो । उक्त ठेक्कामा सहभागि भएका विभिन्न ६ वटा निर्माण कम्पनी मध्ये ३ वटा प्राविधिक प्रश्तावमा सफल भएको र तिनले पेश गरेको आर्थिक प्रश्ताव खुल्ने मिति तोकेर सूचना आव्हान भएको थियो । तर आर्थिक प्रश्ताव खोल्ने मिति नजिकै आउदा आयोजना प्रमुख र सिंचाई विभागका महानिर्देशकलाई प्रहरी मार्फत प्रधानमन्त्री कार्यालयमा झिकाएर ठेक्का नै रद्ध गर्ने सूचना जारी गर्न लगाएपछि अव फेरी नयाँ ठेक्का आव्हान गर्नुपर्ने भएको छ । सार्वजनिक खरिद ऐन बमोजिम सवै प्रकृया पुरा गरेर दर्ता भएको ठेक्का सोहि ऐनको एउटा धारा प्रयोग गरी रद्ध भएको हो ।

सरकार कुन निर्माण व्यवसायलिाई ठेक्का दिने भन्नेमा रुमल्लिदा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भएको उक्त आयोजनाको भविष्य अन्यौल भएको छ । अव आव्हान हुने ठेक्का पनि रद्ध नहोला भन्न सकिने आधार भएन स्थानीय रामवहादुर माझीले भने – बरु पहिलेकै निर्माण व्यवसायीलाई कामको गति बढाउन भनेको भए यतिवेला आयोजनाको काम आधा उधि भईसक्ने थियो । तर अव योजनाको निर्माणमा अनिश्चय सगैं लागत समेत बढ्ने भएको छ ।

निर्माण कार्यको जिम्मेवारी पाएको साविकको निर्माण व्यवसायीले २०८० को सुनकोशीमा आएको बाढी , पुल नहुनु, निर्माण व्यवसायीलाई विपी राजमार्गको सहज आवागमन नपाउनु लगाएतको कारण देखाउदै काममा सोचेको प्रगति हासिल नभएको जनाएको थियो । अहिले अदालतमा पनि सोहि व्यवहोराका विषय समेटेर मुद्धा दायर गरेको उक्त कम्पनीले आयोजना सम्पन्न गर्नका लागि १४ अर्व ८ करोड रुपैयाँमा ठेक्का संझौता गरेको थियो । संझौता बमोजिमको समयमा काम नसकिने भन्दै सरकारले ठेक्का तोडेपछि उक्त कम्पनीले राखेको धरौटी जफत हुनुका साथै अग्रीम भुक्तानीको रकम समेत सरकारले तानेको छ ।

सुनकोशीको पानी लाई पथान्तरण गरी सिन्धुली जिल्लाको मरिणमा निर्माण हुने जलविद्युत गृहमा खसालेर ३१ दशमलव २ मेघावाट विद्युत उत्पादन गरी त्यसपछि मरीणखोलामा पठाईनेछ । मरीणखोला हुदै सिंचाई विभागले बर्षौअघी निर्माण गरेको बागमति सिंचाई आयोजनाको संरचनामा पुगेपछि पूर्व र पश्चिम नहर मार्फत तराईका सर्लाहि, रौतहट, बारा, महोत्तरी र धनुषा जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य लिइएको छ ।