रामेछाप । गुणस्तरिय शिक्षा र उपलव्धिमा यसअघी रामेछाप जिल्लामा त्यतिसारो नाम नचलेको मन्थली नगरपालिका ५ सुनारपानीको भैरवी माविले पछिल्लो अवधिमा शैक्षिक गुणस्तर सगैं उपलव्धि हासिल गर्न थालेको छ ।
जिल्लामा रहेका सामुदायिक विद्यालयहरु मध्ये यसअघी औसत परिक्षाफल निकाल्ने गरेको उक्त माविले गत बर्षको एसईई र जिल्ला स्तरिय परिक्षामा राम्रो उपलव्धि हासिल गरेपछि शिक्षक र अविभावकहरु थप उत्साहित भएर गुणस्तर सुधारको अभियानमा लागेका छन् । गत शैक्षिक सत्रमा उक्त माविमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये २ जनाले कक्षा ८ मा र २ जनाले एईई परिक्षामा ४ जीपीए ल्याएका थिए ।
भौतिक पूर्वाधारको सुधार सगैं शैक्षिक गुणस्तरमा सुधार हुन थालेपछि भैरवी माविविद्यालयको शैक्षिक सुधार योजनामा शिक्षक, अविभावक र जनप्रतिनिधि समन्वयात्मक ढंगले लागेका छन् । प्रअ दिनेश कार्की भन्छन् – सवैको सहयोग र लगनशिलताका कारण राम्रो नतिजा दिन थालेका छौं । यसै शैक्षिक सत्र देखि विद्यालयमा कक्षा ११ को पठनपाठन समेत संचालन हुन थालेको छ ।

विद्यालयमा सिकाई उपलव्धि हासिल गर्नका लागि प्रविधिलाई जोड दिइएको कार्कीले वताए । उनका अनुसार कमजोर विद्यार्थीहरुका लागि अतिरीक्त समयमा उपचारात्मक कक्षा दिने गरीएको छ । विद्यालयमा पठन पाठनमा सुधार भएपछि अविभावकहरुले समेत ठुलो सहयोग गर्दै आएको उनले वताए ।
विद्यालयमा जंकफुड लाई प्रतिबन्ध लगाइएको छ । उक्त माविले जिल्लामा सबैभन्दा पहिले विद्यालय परिसरलाई प्लाष्टिक मुक्त गरेको थियो । विद्यालय परिसरमा हरियाली वातावरण रहेको कार्कीले वताए ।
मन्थली नगरपालिका ५ का वडाअध्यक्ष रविन कार्कीले भैरवी माविले शैक्षिक सुधारको अभियान सगैं मन्थली माविमा जाने गरेका विद्यार्थी समेत भैरवी माविमानै फर्किन थालेको वताए । उनले केहि विद्यार्थी निजी विद्यालय समेत छोडेर हाम्रो विद्यालयमा फर्केका छन् उनले भने । उक्त विद्यालयमा हाल २ सय २२ जना बालबालिकाहरु अध्ययन गर्दै आएका छन् ।
