रामेछाप । बरिष्ट समाजसेवि तथा साहित्यकार स्वर्गीय जगदीश घिमिरेको १३ औं स्मृति दिवसका अवसरमा उनको जन्मभूमि रामेछापमा शनिबार एक श्रृद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
सामाजिक संस्था तामाकोशी सेवा समितिमा आयोजना गरिएको कार्यक्रममा स्वर्गीय घिमिरको प्रतिमामा माल्यार्पण गर्नुका साथै उनको सामाजिक व्यक्तित्व तथा साहित्यिक कृतित्वको बारेमा प्रकाश पारिएको थियो ।
कार्यक्रममा तामाकोशी सेवा समितिका कार्यकारी अधिकृत गोबिन्द प्रसाद घिमिरे र तामाकोशी अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्यले स्वर्गीय घिमिरेले साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै लिलाम, साविति, अन्तरर्मनको यात्रा र सकस जस्ता कालजयी कृति छोडेर गएको वताए । उनीहरुले साहित्यको विकासका लागि उनले रामेछापमा हरेक बर्ष राष्ट्रिय स्तरमा ख्याति कमाएका देखि नवोदित साहित्यकारलाई भेला गराएर साहित्य सम्मेलन गर्ने चलन आरम्भ गरेको वताएका थिए ।
गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय घिमिरेले २०४० सालमा रामेछापका छेउलागेका वस्तीका निमुखा नागरिकहरुका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, हरियोबन, कृषि, सहकारी, सिंचाई र सौचालय निर्माणमा तीन दशक सम्म उल्लेख्य कार्य गरेका थिए । रामेछापका दक्षिण भेगका अधिकांश ग्रामिण वस्तीमा तामाकोशी सेवा समितिले गरेका सामाजिक कार्यले अझै स्थानीयले लाभ हासिल गरिरहेका छन् । रामेछापलाई खुला दिशा मुक्त बनाउने अभियानमा घिमिरेको ठुलो सहयोग थियो । जिल्लामा झण्डै ३० हजार पानी बन्द सौचालय निर्माण र प्रयोग गर्न घिमिरेले स्थानीयलाई सघाएका थिए ।

मन्थलीमा १५ शैयाको तामाकोशी अस्पताल संचालनका अरिरिक्त ग्रामिण क्षेत्रमा स्वास्थ्य संस्था, स्वास्थ्य शिविर, पाठेघर स्क्रीनिङ र शल्यक्रिया , आँखा उपचार र मोतियाविन्दुको शल्यक्रिया मार्फत स्वास्थ्य क्षेत्रमा उल्लेख्य सहयोग भएको त्यस अवसरमा स्मरण गरिएको थियो । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका घिमिरेले रामेछापमा सामुदायिक आँखा केन्द्र संचालन गरेर आँखा उपचारमा उल्लेख्य सहयोग गरेको र सो कार्यले अझै निरन्तरता पाएको वताइएको छ ।
समाजसेवा र साहित्यलाई सगसगैं लिएर अघी बढीरहेका बेला मल्टिपल माईलोमा भन्ने प्राणघातक क्यान्सर लागेका घिमिरेको उपचारकै क्रममा २०७० साल कार्तिक १४ गते काठमाडांैको ओम अस्पतालमा निधन भएको थियो । उनी नेपाली साहित्यमा बहुचर्तित पुस्तक अन्तर्मनको यात्राका लागि मदन पुरस्कार विजेता समेत रहेका थिए ।
