रामेछाप । रामेछापको ऐतिहाशिक तथा पुरातात्विक महत्वको खाँडादेवि मन्दिरमा ओमकार महाअभियान काठमाडौंका निरज शम्शेर राणाको सहयोगमा २ वटा कलात्मक प्रवेश द्वारको निर्माण गरिएको छ । मन्दिर प्रवेशको दक्षिण तर्फको मूख्य द्वार र पूर्वि द्वार निर्माणका लागि राणाले करिव ९ लाख रुपैयाँ खर्च गरेका थिए । उक्त द्वारहरुको ओमकार महाअभियानका निर्देशक दिपक श्रेष्ठले उद्घाटन गरेका छन् ।

खाँडादेवि विकास कोषका अध्यक्ष शेरवहादुर तामाङका अनुसार मन्दिरमा अन्य पूर्वाधारको काममा पनि महाअभियानले सघाउने भएको छ । खाँडादेवि देखि पात्ले सम्मको धार्मिक पर्यटकिय मार्ग ( सिंढी ) निर्माणका लागि महाअभियानको सहयोग रहनेछ ।
महाअभियानको आर्थिक सहयोगमा निर्माण भएका दुई वटा कलात्मक द्वारले मन्दिरको परिसर अझै सुन्दर भएको तामाङले वताए । महाअभियानले निर्माण सम्पन्न भएका दुवै प्रवेश द्वारहरु खाँडादेवि विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।

खाँडादेविको मुख्य मन्दिर र सत्तल पुरातत्व विभागले केहि बर्ष अघी मात्र पूननिर्माण गरेको थियो । मन्दिर परिसरको सुधारका लागि शहरी विकास मन्त्रालय , डिभिजन बन कार्यालय र खाँडादेवि गाउँपालिकाले पनि विभिन्न कार्य गरेका छन् । खाँडादेवि विकास कोषले साना तिना निर्माण कार्य आफ्नै श्रोतमा गर्दै आएको उनले वताए ।
