रामेछाप । अठार महिनामा काम सम्पन्न गर्ने गरी २०७८ साल असारमा ठेक्का संझौता गरेको सडकको निर्माण कार्य ६४ महिना वितिसक्दा पनि अझै आधा भएको छैन् भन्दा धेरैले अनौठो मान्न सक्छन् । तर निर्माण व्यवसायीको चरम लापरवाहिका कारण रामेछापको खाँडादेवि गाउँपालिकाको सिकारी डाडाँ देखि गाल्वा जाने सडकको कथा यो नै हो । सडक निर्माण स्थलमा निर्माण व्यवसायी, निर्माण सामाग्री, मेसिन औजार र उपकरण तथा ज्यामीहरु केहि छैनन् । बाँकी रहेकाे काम हुने हाे या ठेक्कानै ताेडिने हाे भन्ने कुराकाे अन्याैल छ । 

कुल १५ किलोमिटर लामो सिकारी डाडाँ देखि गाल्वा सम्मको सडक खण्ड मध्ये सिकारीडाडाँ देखि गाउँपालिका भवन नजिक सम्मको सडक कालोपत्रको काम सम्पन्न भएको छ । तर त्यस उता गाल्वा तर्फको सडकको काम अहिले सम्म अलपत्रनै छ । निर्माण सकिने कुरा भन्दा पनि रोकिएको काम कहिले देखि सुरु होला ? भन्ने कुरामै स्थानीयहरु अन्यौलमा रहेका छन् । जनप्रतिनिधिहरु दवाव श्रृजना गरेर थाकिसकेका छन् । कयौं सार्वजनिक सुनवाईमा उनीहरुको कार्यक्षेत्र भित्र परे पनि जिम्मेवारीमा नपरेको उक्त सडकको बारेमा जनप्रतिनिधिहरु र सर्वसाधारण नागरिकको भनाभन हुने गरेको छ । समस्या भने जस्ताको तस्तै छ ।

सडकमा बडेमानको खाडल परेका छन् । बर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनु सामान्यनै हो । तर सडकको अवस्था जर्जर भएका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । चिप्लो भएका बेलामा कुन बेला यातायातका साधन यात्रु सहित कान्लामुनि जाने गरी चिप्लिने हुन् , सवैको पिरलो छ ।

बागमति प्रदेश सरकार अन्तरगत रहेको पूर्वाधार विकास कार्यालय रामेछापले उक्त सडक निर्माणका लागि दिवा–ओमबुद्ध–अर्याल जेभि संग संझौता गरेको थियो । २०७८ साल असारमा भएको संझौताको म्याद विभिन्न वाहाना बनाएर पटक पटक थपिएको छ । म्याद थप्ने बेलामा निर्माण व्यवसायीबाट माग गरिएको कार्ययोजना भने काम हुन सकेको छैन् ।

पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी तथा ईन्जिनियर द्रोणराज चौधरीका अनुसार अन्तिम पटक भनेर थपिएको म्याद भित्र पनि काम हुने अवस्था छैन् । निर्माण व्यवसायीहरुको जेभि साझेदार संगै समस्या भएकाले काम नभएको भन्ने बुझीएको वताउने चौधरी साविकमा काम गर्नेले छोडेर अर्कोले साझेदारले काम गर्ने तयारी भएको जानकारी पाएको वताउछन् । चौधरी भन्छन् – देशका अन्य भागमा रुघ्न अवस्थामा रहेका धेरै ठेक्का तोड्ने काम भएकाले अव पनि काम नभए कार्यालयले बाध्य भएर ठेक्का संझौता रद्ध गरी निर्माण व्यवसायीलाई कालोसूचिमा राख्ने प्रकृया अघी बढाउने छ । तिहार लगत्तै बाट काम सुरु भएन भने हामी कारवाहिको प्रकृयामा अघी बढ्ने छौं – चौधरीले भने ।

पकरवास गाल्वा सगैं ठेक्का लागेका जिल्लाका दर्जनौ सडक आयोजनाहरुको काम सकिएको मात्र हैन, फेरी कयौं स्थानमा मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । तर पश्चिमी रामेछापको मेरुदण्डको रुपमा रहेको उक्त सडकको काम चाँहि अलपत्र परेको छ । उक्त सडक सम्पन्न भएमा पश्चिमी रामेछापमा रहेका दोरम्बा शैलुङ र सुनापति गाउँपालिका आवत जावतमा सहज हुने मात्र नभै काठमाडौं बाट रामेछापको सदरमुकाम जोड्ने बैकल्पिक सहज सडक हुनेछ ।