रामेछाप । नेपाली कम्युनिष्ट पार्टी रामेछाप जिल्ला समिति सदस्य रञ्जु घिमिरे सो पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन् । बुधबार नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल, रामेछाप काँग्रेसका पूर्व जिल्ला सभापति लबश्री न्यौपाने , नेताहरु गेल्जे शेर्पा र उज्जलराम घिमिरे लगाएतले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
लामो समय देखि माओवादी गतिविधिमा सम्लग्न घिमिरेले त्यस क्षेत्रमा प्रभावशाली महिलाको रुपमा आफुलाई चिनाएकी छिन् । उनी नेकपाको गोकुलगंगा गाउँपालिकाकी पदाधिकारी समेत हुन् ।
घिमिरेलाई सदस्यता प्रदान गर्दै नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी संगठन सुदृढिकरण र स्थानीय स्तरमा देखिएका समस्या समाधानमा लाग्न निर्देशन दिए । उनले पार्टी भित्र देखिएका समस्याहरु विस्तारै हल भएर हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित समितिले अव छिट्टै जिल्ला तथा प्रदेश स्तरका निर्वाचनमा जाने निर्णय गर्ने हुदाँ योग्य नेतृृत्व चयन गरी नागरिकहरुमाझ काँग्रेसलाई पहिलो र लोकप्रिय पार्टी बनाउनका लागि सक्रियतापूर्वक लाग्न समेत पौडेलले निर्देशन दिए ।
