रामेछाप । अर्नब चक्रवातका कारण भारी बर्षा र हिमपात हुन सक्ने तर्फ विज्ञहरुले सावधानि सूचना जारी गरेपछि रामेछापका विभिन्न फाँटमा धान झार्नका लागि किसानहरुलाई चटारो छ ।
दशै लगत्तै धान काटेका किसानहरुले गत बर्षको झै फेरी पनि धान कुहिने त्रासले धमाधम धान झारेर भित्र्याउन थालेका छन् । जिल्लाका मूख्य फाँटहरुमा करिव आधा जस्तो धान काटिएको अवस्था थियो । अहिले किसानहरुले थप धान काट्ने कुरा थाति राखेर काटिएको धान चाँहि भित्र्याउनका लागि धमाधम काम गरिरहेका छन् ।
गत बर्ष धानको निन सुकाएको बेला अविरल बर्षा भएपछि धानको बाला कुड्किएको मात्र नभै केहि स्थानमा त उम्रिएकै अवस्था थियो । त्यस्तो भिजेको धान खानका लागि योग्य नहुने किसानहरुले वताएका छन् ।
यसैविच रामेछाप प्रशासनले अर्नब चक्रवातका कारण विहिबार देखि ३ दिन सम्म भारी बर्षा हुने र उच्च पहाडि तथा हिमाली क्षेत्रमा हिमपात हुने संभावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामवहादुर केसीले जारी गरेको सूचनामा पाकेको धान बाली भित्र्याउन लगाएत यात्रा गर्न र नदी तथा खोला किनारमा बसोवास गर्नेले विशेष सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ ।
?
