रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा ८ महिना देखि बारम्बार अवरुद्ध हुने मोवाईल फोन सेवामा अझै सुधार हुन सकेको छैन् । अधिकांश समय फोन सम्पर्क हुन नसक्ने , फोन सम्पर्क भएपनि कुरा नबुझिने र विचमा काटिने समस्याले नेपाल टेलिकमका ग्राहकहरु सास्ती बेहोर्दै आएका छन् ।
नेपाल टेलिकम मन्थलीका शाखा प्रमुख अर्जुन पोखरेलले समस्याका बारेमा आफुलाई जानकारी भएपनि समस्या समाधानमा स्थानीय कार्यालयले कुनै काम गर्न नसक्ने अवस्था रहेको वताए । स्थानीय तहको सिफारीस या गुनासो लाई माथिल्लो निकायमा पठाउने र फोन बाट समस्याको माथिल्लो तहमा अवगत गराउने बाहेक स्थानीय स्तरको कार्यालयले अरु कुनै समाधानको उपाय गर्न सक्दैन् ।
नेपाल टेलिकमले विगतमा स्थापना गरेका टेलिफोन टावरहरुमा राखिएका उपकरणहरुको क्षमता पूर्ण रुपमा उपयोग भइसकेको तर मोवाईल प्रयोगकर्ता बढीरहेकाले समस्या आएको हुन सक्ने तर्फ उनले सुझाएका छन् ।
पोखरेलले नेपाल टेलिकमले दशैभरीका यस प्रकारको समस्या समाधानको लागि टावर थप गर्ने योजना अघी सारेकोले त्यसको कार्यान्वयन नभए सम्मका लागि कनै सुधारको गुन्जायस नभएको वताए । उनले माथिल्लो तहमा गुनासाहरु बारम्बार पुगेका र जनप्रतिनिधिहरुले समेत यसका बारेमा कुरा राखेको बताएका छन् ।
यसैविच स्थानीय बासिन्दाले गोकुलगंगाका बजार केन्द्रहरुमा एनटि फाईबर नेट विस्तारको माग गरेका छन् । पालिका केन्द्र रस्नालु, बेताली, नामाडि, सिवालय, गर्जांग र देउराली जस्ता बजारमा एनटिफाईबर नेट विस्तारको आवश्यकता रहेको स्थानीयको माग रहेको छ । त्यसका लागि पनि नेपाल टेलिकमले आवश्यक प्रकृया अघी बढाउनका लागि आग्रह गरिएको स्थानीय सविन कार्कीले वताएका छन् ।
