रामेछाप । नेपालमा भोटेकोशी देखि विभिन्न स्थानमा घटेका विपतका घटनाका कारण यस सिजनमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य कमि आएको छ ।
नेपाल घुम्नका लागि यस अघी जहाजको टिकट र होटल बुक गरेका बाह्य देशका पर्यटकहरुले धमाधम बुकिङ रद्ध गरिरहेका छन् । विदेशीहरुको आगमनमा कमी भएपछि नेपालमा उनीहरु संग सम्बन्धित व्यवसायमा मन्दि आएको छ ।
सेक्टेम्बर अन्तिम देखि डिसेम्भरको पहिलो साता सम्मका लागि पर्यटकहरुका लागि मुख्य सिजन हो । यस सिजनमा हजारौं पर्यटकहरुले सगरमाथा बेसक्याम्प तर्फ यात्रा गर्ने गरेका थिए । तर यो पटक न्यून मात्रामा पर्यटक त्यस तर्फ गइरहेका छन् ।
रामेछाप विमानस्थल बाट अहिले दैनिक बढीमा १० उडान हरु लुक्लाका लागि हुने गर्छ । जवकी अघील्लो बर्ष यसै अवधिमा दैनिक ५० देखि ६० वटा सम्म रामेछापबाट लुक्लाका लागि उडान हुने गरेको थियो । पर्यटकहरुले विहान पाचैं बजे देखि भरिभराउ हुने रामेछाप विमानस्थल यो बर्ष प्राय सुनसान जस्तै बनेको छ । थोरै उडानहरु छन् बेलैमा सकिन्छन् रामेछाप विमानस्थल कार्यालयका प्रमुख अमित चौरसियाले भने ।

पर्यटकिय सिजनमा काठमाडौं विमानस्थलबाट लुक्ला लागि आउ जाउ गर्ने पर्यटकलाई ओसार्नका लागि विमानस्थलमा उडान र अवतरणका लागि लामो पालो पर्खनु पर्ने भएकाले केहि बर्ष देखि रामेछाप बाट लुक्लाका लागि उडान गर्ने गरीएको छ । रामेछापबाट उडान गर्दा पर्यटकहरु काठमाडौं देखि सडक मार्ग हुदै रामेछाप पुग्ने गरेका छन् । विगतका बर्षहरुमा सिजन रहुन्जेल रामेछापमा राती विमानहरुनै पार्क गरेर विहानै देखि उडान गर्ने गरिएकोमा यस बर्ष त्यसो गरिएको छैन् । केहि काठमाडौं बाट र केहि रामेछापबाट उडान गर्दा यात्रु ओसार्न सकिने भएकाले रामेछाप विमानस्थलमानै विमान रात्रीकालिन पार्किङ गर्नु परेको छैन् । रामेछापबाट नीजि क्षेत्रका वायुयान कम्पनीहरु सीता, तारा र समिट एयरले उडान गर्दै आएका छन् ।
पर्यटकहरु प्रयाप्त नहुदा रामेछापमा आन्तरिक व्यवसायमा पनि मन्दि छ । पर्यटक लक्षित होटल, कफी र चिया पसलहरुमा विदेशी पर्यटकहरु विरलै देखिन्छन् । फ्रिडम रिसोर्ट मन्थलीका संचालक टीका राज आरणका अनुसार विदेशीहरुले यस सिजनका लागि गरेका बुकिङहरु धमाधम रद्ध भइरहेका छन् ।
