रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर ३ टोकरपुरमा चैत १ गते देखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । टोकरपुरको मानव वस्ती नजिकबाट सल्केको बन डढेलो अहिले पनि शैलुङ क्षेत्रमा लागिरहेको छ ।

मानव वस्ती नजिक नभएकाले जंगलमा लागेको डढेलो निभाउने प्रयास समेत हुन छाडेको छ । मानव वस्ती जोखिममा पर्ने सम्भावना भएकाले सुरुका दुई दिन सुरक्षाकर्मी र स्थानीयले बन डढेलो निभाउन खोजेका थिए । तर असफल भएपछि छोडिदिएका हुन ।


उक्त क्षेत्रमा लागेको बन डढेलो अहिले शैलुङको चुलिथुम्कामा पुगेको छ । दोरम्बा शैलुङ गाउँपालिकाका सूचना अधिकारी भोला पाठकका अनुसार त्यस क्षेत्रमा ठुलो बन रहेको छ । मानव वस्ती छैन, ठुलो बन छ, मुढा सल्केको होला पाठकले भने ।


यसैविच उक्त बन क्षेत्रमा आगो लगाएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरी अनुसन्धानका लागि डिभिजन बन कार्यालयमा पठाएको छ ।