रामेछाप । रामेछाप नगरपालिका १ गोठगाउँमा बिहिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा स्थानीय १ सय ७ जनाले सेवा प्राप्त गरेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको प्रजनन स्वास्थ्य रुग्णता र महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि उक्त शिविरको संचालन गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक बिष्णु कार्कीका अनुसार शिबिरमा आउने मध्ये ४२ जना महिलाको पाठेघरको मुखको भिआईए परिक्षण २५ जनाको भिडियो एक्स्रे र ८६ जनाले आयुर्बेद स्वास्थ्यको सेवा पाएका थिए ।


कार्यक्रममा रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्कीले स्थानीय ४ जना सुत्केरीलाई हाईजिन किटका साथै पोषिलो खानेकुरा उपलव्ध गराएकी थिईन । नगरपालिकाले अन्य वडामा पनि प्रजनन स्वास्थ्य रुग्णता र पाठेघरको भिआईए परिक्षणको अभियान संचालन गर्ने जनाएको छ ।