दोलखा — एसईई परिक्षाका लागि विगु गाउँपालिकाको जगत मावि केन्द्रमा पुगेका दोलखा ओराङका एक छात्रको बिहिबार तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यू भएको छ । मृत्यू हुनेमा बिगु २ का १७ बर्षिय प्रविण तामाङ रहेको प्रहरीले जनाएको छ ।


जतको गौरीशंकर मावि केन्द्रमा परिक्षा सकेर साथिहरु सगैं नजिकै पर्ने तामाकोशी नदीमा पौडी खेल्न गएका तामाङ डुबेपछि साथिहरुलाई प्रहरीलाई खवर गरेका थिए । उनी जगतमै कोठा लिएर वस्न थालेका थिए ।