+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सामुदायिक बनका उपभोक्ताहरुलाई अभिमुखीकरण अभियान

8 महीना पहिले प्रकाशित

रामेछाप । जताततै बन डडेलो लाग्न थालेको र बन संरक्षण हुन नसकेको कुरा उठीरहेको बेला रामेछाप नगरपालिकाले नगर क्षेत्रका सामुदायिक बनका पदाधिकारीलाई बनको संरक्षण र व्यवस्थापनका लागि अभिकरण गर्न अभियान थालेको छ ।


बुधबार रामेछाप नगरपालिका ७ , ८ र ९ का २५ वटा सामुदायिक बनका पदाधिकारीहरुलाई भेला गरेर नगरपालिकाका जनप्रनितिनिधि, कानुन विज्ञ र बन प्राविधिकहरु समेतले सामुदायिक बनको संरक्षण, सम्बद्र्धन, व्यवस्थापन र उपयोगको बारेमा अभिमुखीकरण गरेका थिए ।


बन डडेलोको सिजन भएकाले तत्कालै हरेक सामुदायिक बन समूहले आफ्नो समुदायको बनमा अग्नीरेखा र अन्य व्यस्थापनको काम गरीहाल्न कार्यक्रममा बन समूहका पदाधिकारीहरुलाई सुझाइएको थियो । त्यसैगरी रामेछाप नगरपालिकाले जारी गरेको बन ऐन २०८० मा भएका बनको व्यवस्थापन, संरक्षण, सम्बर्धनका साथै दण्ड सजाय समेतको पक्ष समेटेर कानुनी सल्लाहकार अधिवक्ता लोकहरी दाहालले उपभोक्ताहरुलाई सचेतना गराएका थिए ।


भंगेरी र सुकाजोर दुई बेग्ला बेल्लै स्थानमा भएका कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उप प्रमुख बालकुमारी कार्की , डिभिजन वन कार्यालयका बन अधिकृत समिर पुन, रोजगार संयोजक बिजय बराल लगाएतले बनको ऐतिहासिक देखि वर्तमान अवस्था सम्मको अवस्थाको बारेमा चर्चा गर्दै पछिल्लो समयमा बनको रेखदेख, सफाई र उपयोग गर्न छोड्दा हिउँदका बेला बनले विनास निम्त्याएकोमा जोडदिएका थिए । उनीहरुले बन पैदावारको सदुपयोग गर्दा गाउँमै रोजगारी श्रृजना हुने र आर्थिक लाभ लिन सक्ने अवस्था रहेकोमा त्यस तर्फ आवश्यक कार्य गर्न उपभोक्ताहरुलाई आग्रह गरेका थिए ।


रामेछाप नगरपालिकाले मात्र नभै जिल्लामै यो प्रकारको अभिमुखीकरण कार्य गरेको यो पहिलो हो । यसलाई अन्य सामुदायिक बन र अन्य पालिकामा पनि फैलाएर उपभोक्तालाइ जागरुक बनाउनु पर्नेमा बन प्राविधिकहरुले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले