तिल्केस्थानगढी चिरिच्याट्ट पार्दै नेपाली सेना
1 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । रामेछापको एतिहासिक तिल्केस्थान गडी चिरिच्याट्ट पार्न केहि बर्ष अघी रामेछाप नगरपालिकाले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) झै चिचिक्क सिंगारिएको नभएपनि पूर्खाको विरताको प्रतिकको रुपमा चर्चा हुदै आएको तिल्केस्थान गढी अव भने आन्तरिक र बाह्य पर्यटकहरुका लागि हेर्न र घुम्न लायक हुने भएको छ ।
मन्थली र रामेछाप नगरपालिकाको सिमानामा पर्ने तिल्केस्थानगढीको मर्मत सुधारका लागि हप्तौ देखि नेपाली सेनाको खड्ग दल गण का सैनिकहरु जुटिरहेका छन् । तिल्केस्थान गढीको मर्मत सुधार मात्र हैन, पूर्खाले बनाएको किल्ला अव जस्ताको तस्तै झल्कने गरी नेपाली सेनाहरुले गढीको सौन्दर्य बढाउने काम गरिरहेका छन् । उनीहरुले गढीको संरक्षण गरेर मात्र थकाई मार्नेछन् ।
दक्षिणी रामेछापको तत्कालिन भलुवाजोर र रामेछाप गाउँपाविकास समितिको सिमामा पर्ने तिल्केस्थान गढी सम्म पुग्नका लागि कच्चि सडक छ । उक्त सडकको सफाई समेत गरिएको थिएन । गढिमा पुग्दा भग्नाबषेश मात्र देखिन्थ्योे । गढीमा पुगेपछि साविकमा निर्माण भएका कोतघर र किल्लाको चिनोचपेटो थिएन् । तर अव कोत र किल्ला उठेका छन् । सेनाले सिन्धुली गढीकै जस्तो किल्ला बनाएर तिल्केस्थान गढीको गरिमा बढाउदै छ । ‘अव हाम्रो गढीले पनि उजाई पाउने भएको छ’ स्थानीय रामकुमार श्रेष्ठले भनेका छन् ।
श्रोतका अनुसार नेपाली सेनाले धार्मिक तथा ऐतिहासिक क्षेत्रमा विगत देखिनै विभिन्न कार्य गर्दै आएको छ । त्यस अन्तगत किल्ला गढी संरक्षणका लागि सेनाले आफ्नो दखल पनि राख्छ । तिल्केस्थान गढी क्षेत्रमै रहेको खाँडादेविको मन्दिरको पुननिर्माणको काम पनि सेनाले गरिरहेको छ । मन्दिरको दिवालको निर्माण पुरा भएको र अव छानाको काम बांकी रहेको छ । सैनिक श्रोतका अनुसार उक्त मन्दिर र किल्ला तथा गढी परिसरको पुननिर्माण, मर्मत सुधारका लागि दैनिक २० जना सैनिक लगातार खटिरहेका छन् । सेनाले तिल्केस्थान परिसरमा झण्डै ३० लाख भन्दा बढीको काम गरेको स्थानीयको अनुमान छ ।
रामेछाप र मन्थली नगरपालिकाको समन्वयमा सेनाले उक्त क्षेत्रको काम गरेको हो । सैनिकले गढी परिसरको ढुङ्गा पन्छाउने क्रममा भगवान विष्णुको पुरातात्विक महत्वको मुर्ति फेला पारेको छ । उक्त मुर्ति कति बर्ष पुरानो हो ? र कसले स्थापना गरेको हो ? भन्ने कुराको तथ्य खुल्न सकेको छैन । स्थानीय शंकरवहादुर थापाले तिल्केस्थानमा भेटिएको मुर्तिको बारेमा विज्ञको सहयोग आवश्यक भएको जनाएका छन् । केहि फुटेको अवस्थामा फेला परेको उक्त मुर्तिको चोईटिएको भाग समेत फेला पारेकोले अव त्यसलाई जोड्ने प्रवन्ध हुने जनाइएको छ ।
तत्कालिन अवस्थामा नेपालमा सुरक्षाका लागि अग्लो डाडाँमा गढि र किल्ला निर्माण गरेर सत्रुको निगरानी तथा लडाई गर्ने गरिएको थियो । नेपाली फौजले सिन्धुली गढीको युद्धमा गढि, गौंडा र आडको प्रयोग गरेर साम्राज्यवादी ब्रिटिस सेनालाई तह लगाएका थिए । त्यसैबेला राजा पृथ्विनारायण शाहले केहि गरी सिन्धुली गढीको युद्धमा नेपाली फौज पराजित भइहालेमा रामेछापको तिल्केस्थान गढी र चिसापानी गढीबाट लडाई गर्ने गरी उक्त गढीहरु निर्माण गराएका हुन् । मन्थली नगरपालिकाले केहि बर्ष अघी देखि चिसापानी गढीको मर्मत सुधार तथा पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार लगाएतको कार्य गर्दै आएको छ । त्यसका अतिरीक्त स्थानीय पाठ्यक्रममा समेत ऐतिहासिक गढी, धार्मिक स्थल र पर्यटकिय स्थानको बारेमा आलेखहरु तयार गरी पठनपाठन गराईदै आएको मन्थली नगरपालिकाले जनाएको छ ।
तिल्केस्थान गढी सिन्धुली गढीको समानान्तर हुने गरी खडा गरिएको थियो । जिल्ला सदरमुकाम मन्थली भन्दा दक्षिण तर्फको अग्लो डाडाँमा यो गढी रहेको छ । रामेछाप –सेलेघाट सडक प्रयोग गरेर उक्त स्थानमा पुग्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
13 घन्टा पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
1 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
2 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
2 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
3 दिन पहिले