+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मन्थली शहीद स्मृतिमा स्ववियु निर्वाचन शान्तिपूर्ण, ३ सय भोट खस्यो

8 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप जिल्लाको एक मात्र स्ववियु मान्यता पाएको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा आज शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ । निर्धारीत समय विहान ८ बजे देखि शुरु भएको मतदानकार्यमा अपरान्ह १ बजे सम्म ३ सय भन्दा बढी मत खसेको छ । उक्त क्याम्पसमा ५ सय ३१ जना मतदाता रहेका छन् । निर्वाचनमा ४ सय हाराहारीमा मतदान हुने अपेक्षा गरिएको छ ।


स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल विद्यार्थी संघले विपुल रोका, अनेरास्ववियुले सुशिल थापा र अनेरास्ववियु (क्रान्तिकारी) ले अनोज भूजेल सहित उनीहरुका प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।


स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्न विद्यार्थी नेताहरु विहानै देखि मतदाताहरुलाई आकर्षित गर्नमा केन्द्रीत छन् । त्यसका अतिरीक्त राजनीतिक दलका अगुवा नेता कार्यकर्ता समेतको क्याम्पस परिसरमा ठुलो भीड लागेको छ । मतदाता धेरै भएपनि नियमित क्याम्पस आउने विद्यार्थी थोरै भएकाले उक्त क्याम्पसमा कसले निर्वाचनमा जित्छ भन्ने कुरामा परिसरमा आ आफ्नै तर्क भइरहेका पाईन्छन् । यसअघीको स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा नेबिसंघले विजय हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले