मौसम विग्रेपछि रामेछापबाट लुक्ला उडेका दुई जहाज बिचैबाट फर्किए, हेलिकप्टरले ओसा¥यो यात्रु
8 महीना पहिले प्रकाशित
रामेछाप । मौसम बिग्रेपछि सोमबार रामेछापबाट लुक्लाका लागि निर्धारण गरीएका हवाई उडान हुन सकेनन् । विहानै रामेछाप विमानस्थलबाट लुक्लाको लागि उडान भरेको तारा एयर र समिट यएरका दुई जहाज हवाई रुटमा हावाको बेग तिव्र भएपछि लुक्ला तर्फको उडान डाईभर्ट गरी रामेछापनै फर्काएका थिए । ति भन्दा अघी उडेका दुई जहाज भने लुक्ला अवतरण गरेको नागरिक उडड्यन कार्यालयले जनाएको छ ।
रामेछाप नागरिक उडड्यन कार्यालयका एटिसी प्रज्वल गुरागाईका अनुसार मौसमका कारण हवाईजहाजको उडान हुन नसकेपछि सोमबार दिनभर जस्तो हेलिकप्टरले लुक्लाका लागि यात्रु ओसारेका थिए । विभिन्न कम्पनीका हेलिकप्टरले सोमबार रामेछाप – लुक्ला सेक्टरमा २२ वटा उडान मार्फत १ सय ८ जना यात्रु ओसारेका थिए । पर्यटकिय यो सिजनका लागि आईतबार देखि रामेछापबाट लुक्ला केन्द्रीत उडान हुन थालेका हुन् । आईतबार ९७ जना यात्रुले हजाज र हेलिकप्टर मार्फत लुक्ला यात्रा गरेका थिए । सोमबार भने १ सय ३८ जना यात्रुले सेवा लिएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं विमानस्थलमा उडान र अवतरणका लागि धेरै समय पालो पर्खनु पर्ने भएकाले धेरै उडान गर्नुपर्ने सिजनमा रामेछाप विमानस्थलबाट लुक्लाको उडान थालिएको केहि बर्ष भएको छ । लुक्लाका लागि मारामार उडान गरेपनि निजी वायुसेवा कम्पनीहरुले जिल्लाबासीको माग बमोजिम रामेछाप–काठमाडौं–रामेछापको सेवा भने दिए अटेर गर्दै आएका छन् । डलरमा यात्रु बोक्ने हवाइ कम्पनीहरुले नेपाली पैसामा यात्रु पाएपनि उडान नगर्दा रामेछापेलीहरुले आफ्नो जिल्लामा विमानस्थल भएर पनि सेवा पाउन सकेका छैनन् ।
रामेछापमा केहि बर्ष यता निजी क्षेत्रका सीता , तारा र समिट एयरले रामेछाप विमानस्थलमानै जहाजहरु रात्री पार्किङ राखेर विहानै देखि लुक्लाको उडान गर्ने गर्छन् । उक्त उडानका लागि सडक मार्ग भएर यात्रुहरुलाई रामेछाप ल्याउन विमान कम्पनी र ट्राभल कम्पनीहरु सक्रिय छन् । लुक्लाबाट फर्कने यात्रु समेत अधिकांश यहि विमानस्थलमा ओरालेर गाडि मार्फत काठमाडौं पठाइने गरिएको छ । यो सिजन मे को दोश्रो साता सम्म रहने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
