रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको बनमा आगो लगाउने दाजुभाई प्रहरीको फन्दामा परेका छन् । बन डडेलो लगाएको अभियोगमा प्रहरीले दोरम्बा शैलुङ ३ टोकरपुरका चन्द्रवहादुर विश्वकर्मा र ५० बर्षिय पदमवहादुर विश्वकर्मालाई आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला बन कार्यालयमा पठाएको छ । कानुन बमोजिम बन सम्बन्धि मुद्धा जिल्ला बन कार्यालयले अनुसन्धान गर्ने व्यवस्था छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार टोकरपुरको लालिगुराँस बनमा शुक्रबार देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बन प्रतिनिधिहरुले आगो निभाउने कार्यमा खटेपनि सफलता पाउन सकेका छैनन् । शैलुङको ठुलो जंगलमा फैलिएको आगो नियन्त्रण गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।
