रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीको छतिवने खोला नजिक सोमबार विहान भएको जीप दुर्घटनामा परी ८ जना यात्रु घाईते भएका छन् । घाईते मध्ये १ जनाको अवस्था गम्भिर रहेको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार भारतीय नम्बर प्लेट आर जे टिडी ८६८७ नम्बरको फोर्स जीप गोकुलगंगाको बेताली बाट मन्थली तर्फ आउदै गर्दा ब्रेक फेल भएर सडकबाट पल्टिएको थियो । दुर्घटनामा परेका यात्रु मध्ये गोकुलगंगा ४ बेतालीका पूर्णवहादुर सार्की गम्भिर छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर गोकुलगंगा ४ बेतालीकै सुस्मा खड्का, लेखवहादुर खड्का सुजन भुजल, हेटौंडा घर भएका तेजवहादुर खड्का र विष्णु देवि खड्का तथा लालबन्दी नगरपालिका सर्लाही घर भएका कालीवहादुर खड्का घाईते भएका छन् ।


दुर्घटनास्थलबाट सवै घाईते हरुको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मन्थली अस्पतालका मेसु डा. केशव सिंह धामीका अनुसार एक जना बाहेक अन्य सवै घाईतेको अवस्था सामान्य रहेको छ ।