छतिवनेमा फोर्स जीप दुर्घटना, ८ घाईते, १ जनाको अवस्था गम्भिर
8 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीको छतिवने खोला नजिक सोमबार विहान भएको जीप दुर्घटनामा परी ८ जना यात्रु घाईते भएका छन् । घाईते मध्ये १ जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार भारतीय नम्बर प्लेट आर जे टिडी ८६८७ नम्बरको फोर्स जीप गोकुलगंगाको बेताली बाट मन्थली तर्फ आउदै गर्दा ब्रेक फेल भएर सडकबाट पल्टिएको थियो । दुर्घटनामा परेका यात्रु मध्ये गोकुलगंगा ४ बेतालीका पूर्णवहादुर सार्की गम्भिर छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर गोकुलगंगा ४ बेतालीकै सुस्मा खड्का, लेखवहादुर खड्का सुजन भुजल, हेटौंडा घर भएका तेजवहादुर खड्का र विष्णु देवि खड्का तथा लालबन्दी नगरपालिका सर्लाही घर भएका कालीवहादुर खड्का घाईते भएका छन् ।
दुर्घटनास्थलबाट सवै घाईते हरुको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मन्थली अस्पतालका मेसु डा. केशव सिंह धामीका अनुसार एक जना बाहेक अन्य सवै घाईतेको अवस्था सामान्य रहेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
