रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक फोटो प्रदर्शनीको आयोजना गरीएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप जिल्ला शाखाले उक्त प्रदर्शनीको आयोजना गरेको हो ।

जिल्लामा पर्यटन प्रबद्र्धनका लागि टेवा पु¥याउने उद्धेश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको हो । शुक्रबार भएको साे प्रदर्शनीमा रामेछाप जिल्लाका विभिन्न क्षेत्रमा रहेका धार्मिक, पर्यटकिय, सांस्कृतिक, जाति जनजाति, संस्कृति, रितिरीवाज र दैनिकी संग जोडिएका तस्विरहरु राखिएका थिए ।


समूहका जिल्ला अध्यक्ष मिलन बि.क.का अनुसार जिल्लाका ६४ वटै वडाबाट ल्याइएका उत्कृष्ट ५० वटा फोटोहरु प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनी जिल्ला सदरमुकामको तिनलाल पार्कमा आयोजना गरीएको उक्त प्रदर्शनी जिल्ला सदरमुकाम र आसपासका बासिन्दाहरुले अवलोकन गरेका थिए । बि.क.का अनुसार जिल्लाका अझ उत्कृष्ट फाटोहरु समावेश गरेर रामेछाप विमानस्थल परिसरमा प्रदर्शनी गर्ने तयारी छ ।