रामेछाप । नेपाल​ आदिवासी ज​न​जाति प​त्र​कार​ म​हासंघ​ (फोनिज​) बागमाती प्र​देश​को तेस्रो प्रादेशिक महाधिवेश​न​बाट​ युवराज श्रेष्ठ पुननिर्वाचित भएका छन् । शुक्रबार देखि रामेछापको मन्थलीमा जारी तेश्रो अधिवेशनले श्रेष्ठ लगाएत सम्पुर्ण पदमा सर्वसम्मत निर्वाचित गरेको छ । श्रेष्ठ रामेछाप जिल्ला केन्द्रीत भएर पत्रकारीता गर्दै आएका छन् ।

प्रदेश समितिको  उपाध्यक्षमा दिल बहादुर लामा  महिला- उपाध्यक्षमा अनिता डंगोल महासचिवमा  राजु नापित​ सचिवमा (संस्थागत) हिरालाल गुरुङ्ग महिला सचिवमा निशा गुरूङ र कोषाध्यक्षमा शंकर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ र अनुशासन समिति संयोजकमा जगत तामाङ चुनिएका छन् ।

      समितिको सदस्यहरुमा वावुकाजि श्रेष्ठ  उद्भव कुमार श्रेष्ठ मानकाजी तामाङ्ग  र​त्न​काजी प्र​जाप​ती रवि महर्जन जर्नेल घले  तेज नाहिरिङ्ग राई  श्यामलाल लामा  विशाल राज राई निर्विरेध निर्वाचित भएका छन् ।

लेखा समिति सदस्यमा  निर बहादुर तामाङ्ग  अनुशास​न​ स​मिति स​द​स्यमा प्र​दिप​ कुमार​ श्रेष्ठ​ संघीय​ प्रतिनिधिमा  सरस्वती श्रेष्ठ  राजेश रुम्बा लामा र श्याम राना मगर निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

      यसैविच फोनिज बागमति प्रदेशको तेश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाइ उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पुर्णवहादुर तामाङ कान्छाराम र बागमति प्रदेश सभाका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले बधाइ तथा शुभकामना दिएका छन् ।