टोकरपुरमा विहानै देखि लागेको डडेलो नियन्त्रण बाहिर, हावाहुरीले थप क्षेत्रमा फैलदै
8 महीना पहिले प्रकाशित
दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ को लालिगुँरास सामुदायिक बनमा शुक्रबार विहानै देखि लागेको डडेलो नियन्त्रयण आउन सकेको छैन् ।
लालिगुराँस सामुदायिक बनबाट डडेलो सुरु भएपछि आसपासका बासिन्दा, टोकरपुर स्थित ईलाका प्रहरी कार्यालय र दोरम्बामा रहेको नेपाली सेनाको गुल्मबाट समेत सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणको प्रयास भएको थियो । तर दिनभर प्रयास गर्दा पनि हुरीका कारण डडलो थप क्षेत्रमा फैलिएको छ ।
दोरम्बा शैलुङ ३ का वडा अध्यक्ष सन्तलाल मगरका अनुसार लालिगुराँस सामुदायिक बन क्षेत्रमा पर्ने छहरेछाप सामुदायिक बनमा समेत फैलिएको छ । उनले छहरेछाप र ढोडारे सम्म आगो फैलिएको र नियन्त्रणको कुनै उपाय नभएको वताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले विहानै देखि स्थानीय, जनप्रतिनिधिहरु र सुरक्षाकर्मी परिचालन गरिएको तर डडेलो थप क्षेत्रमा फैलिएकोले नियन्त्रण प्रयास सफल हुन नसकेको वताए । उनले वस्ती क्षेत्रमा डडेला आउन नदिनका लागि विशेष सावधानी अपनाइएको र हाल बन क्षेत्रमा डडेलो लागिरहेको अवस्था रहेको वताए ।
उक्त क्षेत्र ठाडो भिर भएको र जंगल समेत ठुलो भएकाले आगो नियन्त्रण प्रयास असफल भएको हो । हावा हुरीले आगो थप क्षेत्रमा फैलिन सक्ने भय स्थानीयमा छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
