दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ को लालिगुँरास सामुदायिक बनमा शुक्रबार विहानै देखि लागेको डडेलो नियन्त्रयण आउन सकेको छैन् ।


लालिगुराँस सामुदायिक बनबाट डडेलो सुरु भएपछि आसपासका बासिन्दा, टोकरपुर स्थित ईलाका प्रहरी कार्यालय र दोरम्बामा रहेको नेपाली सेनाको गुल्मबाट समेत सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणको प्रयास भएको थियो । तर दिनभर प्रयास गर्दा पनि हुरीका कारण डडलो थप क्षेत्रमा फैलिएको छ ।


दोरम्बा शैलुङ ३ का वडा अध्यक्ष सन्तलाल मगरका अनुसार लालिगुराँस सामुदायिक बन क्षेत्रमा पर्ने छहरेछाप सामुदायिक बनमा समेत फैलिएको छ । उनले छहरेछाप र ढोडारे सम्म आगो फैलिएको र नियन्त्रणको कुनै उपाय नभएको वताए ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले विहानै देखि स्थानीय, जनप्रतिनिधिहरु र सुरक्षाकर्मी परिचालन गरिएको तर डडेलो थप क्षेत्रमा फैलिएकोले नियन्त्रण प्रयास सफल हुन नसकेको वताए । उनले वस्ती क्षेत्रमा डडेला आउन नदिनका लागि विशेष सावधानी अपनाइएको र हाल बन क्षेत्रमा डडेलो लागिरहेको अवस्था रहेको वताए ।


उक्त क्षेत्र ठाडो भिर भएको र जंगल समेत ठुलो भएकाले आगो नियन्त्रण प्रयास असफल भएको हो । हावा हुरीले आगो थप क्षेत्रमा फैलिन सक्ने भय स्थानीयमा छ ।