कुलमानलाई हटाउनु हुदैन, मै सरकारमा छु तर सरकारको काम गर्ने ढाँचा ठिक छैन् ः राज्यमन्त्री तामाङ
4 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले जनजातिको सबालमा सबै पार्टी र राजनीति छोडेर सबै जनजातिहरु एकै थलोमा आउनु पर्नेमा जोड दिएका छन् । नेपालमा जनजाति ५६ प्रतिशत रहेकोले जुनसुकै पार्टीमा भएपनि जनजातिहरुलाई परेको समस्यामा एकजुट हुनुपर्नेमा राज्यमन्त्री तामाङले जोड दिए ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ( फोनिज ) बागमति प्रदेशको तेश्रो अधिवेशनको शुक्रबार रामेछापको मन्थलीमा उद्घाटन गर्दै राज्यमन्त्री तामाङले देशको लागि आफुले राम्रो कुरा बताउदा पत्रकारहरुले कलम नचलाएकोमा दुखेसो पोखे । ‘खै त पत्रकार साथिहरुलाई त्यति धेरै लेखे जस्तो लागेन’ मन्त्री तामाङले भने – मैले राज्यमन्त्रीको पद दाउमा राखेर कुलमानलाई हटाउनु हुदैन भन्दा तपाईहरुले लेखेको जस्तो लागेन ।
‘कुलमान हाम्रो मन्त्रालयको एक कर्मचारी हो । उ राम्रो काम गर्ने मानिस हो । मेरो मन्त्री पद गए जावस, मलाई पद संग लोभ छैन्, तर मेरो मान्यता राम्रो काम गर्ने कर्मचारी हटाउनु हुदैन भन्ने हो’ राज्यमन्त्री तामाङले भने – कर्मचारी कर्मचारीको ठाउंमा र मन्त्री मन्त्रीको स्थानमा वस्नुपर्नेमा जोड दिए । उनले कुलमान घिसिङ आफुलाई धेरै समस्या पर्दा पनि देशका कुना कुनामा पुगेर विद्युतको क्षेत्रमा काम गरेको भन्दै उनी धेरै काम गर्ने मानिस भएकाले उ काम गर्ने मानिस हो है भनेर बोलेको हुं । ‘मैले अहिले पनि बोल्छु, भोली पनि बोल्छु र पर्सी पनि बोल्छु । मैले पहिले कुलमान चिनेको पनि हैन, मन्त्रालयमा काम गर्न थालेपछि चिनेको र उनको काम गर्ने उर्जा देखेर मैले हटाउनु हुदैन भनेको हो ’ तामाङले भने ।
जनजाति पत्रकारहरुले अहिले जनजाति मुख्य मन्त्री भएका बेलामा आफ्नो क्षेत्रका के काम गर्नुपर्ने हो, गरौं । सरकारको कुनै टुंगो छैन, भोली जान पनि सक्छ, बस्न पनि सक्छ , कुनै टुंगो छैन् । त्यसैले आफ्नो काम यहि बेलामानै गरौं हामी तपाईहरुलाई के गर्नु पर्ने हो जतिखेर पनि सहयोग गर्न तयार छौं ।
देशमा हाल ठुला पार्टीको गठवन्धनको सरकार छ । ‘मै सरकारमा मन्त्री छुँ तर काम गरेको त्यति ढाँचाहरु राम्रो छैन’् तामाङले भने । असोजमा बगाएको विपी राजमार्ग निर्माण तत्काल गर्नुपर्नेमा अहिले सम्म टेण्डर गरेर काम गर्न सकेको छैन् , बल्ल एउटा प्याकेजको ठेक्का आव्हान गरेको छ । खुर्कोटको पुल बगेपछि आफुले रातारात सामान ल्याएर पुल बनाए, तर सरकारले असोजमानै टेण्डर गरेर भटाभट काम गरेर देखाउनु पर्नेमा त्यसो हुन नसकेको उनले वताए । ‘त्यहि बेलामा सुरु गरेको भए अहिले विपी राजमार्गको काम ६० प्रतिशत भईसक्थ्यो’ तामाङ भने – कस्को डरले काम नगरेको ? काम गर्नुपर्छ, काम गर्नकै लागि त्याहाँ गएको हो ।
फोनिजका बागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राई लगाएतले नेपालको पत्रकारीता क्षेत्रमा जनजातिहरु पत्रकारहरुको योगदानको बारेमा चर्चा गरेका थिए ।
कमेन्ट गर्नुहोस्

कजवे बगाउदा यातायात अवरुद्ध
रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..
4 घन्टा पहिले
दुर्गम समुदायमा अदालती कुरा
रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..
4 घन्टा पहिले
रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..
रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..
2 दिन पहिले
मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै
रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..
2 दिन पहिले
राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने
रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता

