रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को बागमति प्रदेशको तेश्रो प्रदेश अधिवेशन शुक्रबार (भोली ) रामेछापको मन्थलीमा आयोजना हुदैछ । अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । 


उक्त अधिवेशनको बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको फोनिजले जनाएको छ । अधिवेशनका लागि अतिथि, पाहुना र बागमति प्रदेशका विभिन्न जिल्लाहरुबाट पत्रकार प्रतिनिधिहरु रामेछाप आउने क्रम जारी रहेको छ ।


अधिवेशन पूर्व विशिष्ट अतिथि र संचारकर्मीहरु झाँकि सहितको प्रभातफेरी गर्दै मन्थलीको तीनलाल पार्कमा पुग्ने कार्यक्रम रहेको फोनिजका बागमति प्रदेश अध्यक्ष युवराज श्रेष्ठले जनाएका छन् ।