रामेछाप । सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा अर्जुन श्रेष्ठ पुनः निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनामा प्रतिस्पर्धि उमेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार श्रेष्ठले कुल ५ सय ९७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजकुमार श्रेष्ठले ३ सय ८८ मत पाएका थिए । संघको बरिष्ट उपाध्यक्षमा देवनारायण श्रेष्ठ, महासचिवमा बासु भेटवाल, उपमहासचिवमा नेत्रजंग थापा र महिला सचिवमा श्रृजना श्रेष्ठ विजयी भएका छन्् ।
त्यसैगरी वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी, खुला सदस्यहरुमा संजय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, रामवहादुर विश्वकर्मा र रामचन्द्र पौडेल विजयी भएका छन् । निर्वाचनमा आजिवन सदस्य पदमा दिगम्बर चौधरी , एशोसियट तर्फ शाह आलम साफि र महिला सदस्यमा ललिता न्यौपाने निर्वाचित भएको संघले जनाएको छ ।
