रामेछाप । मुक्तीनाथ विकास बैंकले मन्थली माविमा अध्ययन सकुन्तला थापालाई उत्कृष्ट मुक्तिनाथ छात्रवृति प्रदान गरेको छ । बैंकको मन्थली शाखा प्रबन्धक बद्री रिमालले मंगलबार उक्त छात्रवृति प्रदान गरेका हुन् । थापालाई उत्कृष्ट मुक्तिनाथ छात्रवृति वापत १५ हजार रुपैयाँ उपलव्ध गराइएको हो । उक्त रकम विद्यालयका प्रअ टंकप्रसाद दाहाल मार्फत थापालाई हस्तान्तरण गरिएको थियो ।
केहि बर्ष अघी देखि मुक्तिनाथ विकास बैंकले बैंक शाखा रहेका स्थानीय तहमा अध्ययन गर्ने न्यून आय भएका, विपन्न विद्यार्थीहरुलाई हरेक बर्ष छात्रवृति प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
