रामेछाप । रामेछापबाट प्रकाशित हुदै आएको अक्षता राष्ट्रिय दैनिकले तेश्रो बर्ष प्रवेशको अवसरमा शनिबार शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।
दैनिकका प्रकाशक नविन के सी घिमिरेका अनुसार दैनिकले सफलतापूर्वक दोश्रो बर्ष पुरा गरी तेश्रो बर्ष प्रवेश गरेको अवसरमा आयोजित उक्त कार्यक्रममा रामेछाप जिल्ला कार्यक्षेत्र बनाएर बर्षौ देखि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा शुभजिवन अस्पताल खुर्कोटका डा. राजन न्यौपाने, मन्थली नगरपालिकाका ४ का वडा अध्यक्ष राजनप्रसाद घिमिरे, शारदा मावि गेलुका शिक्षक किशोर थापा, मन्थली अस्पतालकी स्वास्थ्यकर्मी समिता रिमाल, अरनीको यातायात सेवा समितिका जिल्ला ईन्चार्ज सुवाश फुयाल, निर्माण व्यवसायी खुसहरी बुढाथोकी, कृषक भोजराज खड्का, व्यवसायी कमल साह, मन्थली नगरपालिकाका कर्मचारी रविन्द्र हायु, ट्राफिक प्रहरी जवान ललित खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार जनकवहादुर तामाङ, रेडियो पत्रकार डोरशंकर बरुवाल, अक्षता दैनिककी पूर्व कर्मचारी कुशुम मवतलीलाई आ आफ्नो क्षेत्रमा निरन्तर लामो समय देखि उल्लेखनिय कार्य गरेकोमा सम्मान गरीएको थियो ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले समाजले हाल सम्म पनि नदेखेका व्यक्तिहरुलाई पहिचान गरेर सम्मान गरेकोमा खुसी व्यक्त गरे । उनले संचार क्षेत्रको विकासका लागि स्थानीय सरकार सधै सकारात्मक रहदै आएको उल्लेख गरे । श्रेष्ठले संचारक्षेत्रले समाजमा भएका कुराहरु राम्रा नराम्रा दुवै थरी लाई पस्कने तर कसैलाई होच्याउने र नभएका कुरा समाचार नबनाउने हो भने स्वस्थ्य पत्रकारिताको विकास हुनेमा जोड दिए ।
कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगर, नेपाल पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष बद्री नयाँघरे र जिल्ला सचिव नबराज श्रेष्ठ, प्रेस यनियनका जिल्ला सचिव सागर बोहोरा, प्रेस चौतारीका सचिव डोरशंकर बरुवाल, समाजवादी प्रेस संगठनका अध्यक्ष कैलाश खत्री लगाएतका बक्ताले बर्तमान अवस्थामा अक्षता राष्ट्रिय दैनिकले निभाएको भूमिका र संचार क्षेत्रले भोग्नु परेका समस्याका बारेमा आ आफ्ना धारणा राखेका थिए ।
