लजालु रेडपाण्डा, क्यामेरा अघी आउदै आएन
4 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – गौरीशंकर संरक्षण क्षेत्रमा रेडपाण्डा ( हाब्रे ) गणना गर्न राखिएका तिनीहरुलाई ट्यापिङ गर्ने उच्च प्रविधियुक्त क्यामेरा कहिले कता र कहिले कता सार्दैमा संरक्षण क्षेत्रका प्राविधिकहरु हैरान छन्् । तर लजालु दुर्लभ रेडपाण्डाको संरक्षण क्षेत्रले राखेको क्यामेरा अघी आउदै आएको छैन् ।
‘हामीले पनि बाटोमा हिड्दा रेडपाण्डा देखेका छौं ’ संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहाल भन्छन् – तर हाम्रो क्यामेरामा पर्दै परेन् । संरक्षण क्षेत्रले रेडपाण्डा रहेको जंगलमा धेरै अघी देखि एक स्थानमा झण्डै १५ दिन सम्म निरन्तर क्यामेरा राखेर रेडपाण्डालाई पार्ने प्रयास गर्छ, तर उक्त प्रयास अहिले सम्म सफल हुन सकेन ।
दाहालका अनुसार जंगली जनावारको बसोवास क्षेत्र भए क्यामेरामा पर्नुपर्छ भन्ने मान्यता हुन्छ । बाटोमा भेटिदैमा त्यसलाई बसोबास क्षेत्र भन्न पाईन्न । त्यो त बाटो भयो , उसको हिड्ने क्षेत्र । हिड्दा भेटिएकै आधारमा हामीले रेडपाण्डा बसोबास क्षेत्र हो भनेर घोषणा गर्न पनि सकेका छैनौं दाहालले भने ।
गौरीशंकर संरक्षण क्षेत्रमा झण्डै एक दसक अघी रामेछापको चुचुरे स्थित गर्जाङ क्षेत्रमा रेडपाण्डा भेटिएको थियो । संरक्षण क्षेत्रले उक्त रेडपाण्डालाई सदर चिडियाखानामा पठायोे । नेपालको चिडियाखानामा पुग्ने त्यो नै पहिलो रेडपाण्डा थियो । पछि रामेछापको चुचुरे र गुम्देल क्षेत्रमा बाक्लै रेडपाण्डा देखिएका थिए ।
रेडपाण्डाको बसोवास रामेछापको चुचुरे र गुम्देल क्षेत्र भन्दा पनि दोलखाको मार्बु क्षेत्र रहेको भन्ने बुझाई संरक्षण क्षेत्रको छ । त्यहि बुझाईकै आधारमा रेडपाण्डा गणनाका लागि मार्वु क्षेत्रमा क्यामेरा राखिएको छ । हामीले मार्वु देखि खारेको माथिल्लो क्षेत्र हुदै च्छोरोल्पा हिमताल सम्मको क्षेत्रमा क्यामेरा राखेर रेडपाण्डा ट्यापिङ गर्ने प्रयास गरेका छौं दाहाल भन्छन् – तर लजालु रेडपाण्डा हाम्रो क्यामेरामा देखै परेको छैन् ।
दोलखाको गौरीशंकर गाउँपालिकाले केहि बर्ष अघी मार्वु क्षेत्रलाई ‘रेडपाण्डा जोन’ घोषणा गर्ने गरी बजेट विनीयोजन गरेको थियो । आन्तरिक बजेट १० लाख विनीयोजन गरेको उक्त गाउँपालिकाले संरक्षण क्षेत्र संग मिलेर रेडपाण्डा जोन घोषणा गर्ने उक्त कार्यक्रम समेत प्रभावित हुदै आएको छ ।
रेडपाण्डालाई ट्यापिङ क्यामेरामा पार्ने योजनामा अझै संरक्षण क्षेत्र थाकिसकेको र आशा मारिसकेको छैन् । ‘अव तल्लो क्षेत्रमा पालुवा पलाउने बेला भयो, त्यै पालुवाको लोभमा तल आउछ कि भन्ने आशा छ’ दाहालले भने । रेडपाण्डाले कलिला पालुवा र त्यसमा पनि निगालो र बाँसको पात रुचाउने गर्छ ।
रेडपाण्डालाई लजालु र सिधा जनावारको रुपमा लिने गरिन्छ । यसको बासस्थान उच्च पहाडि क्षेत्रमा हुने गर्छ । नेपालको पूूर्वि क्षेत्रमा पर्ने कञ्चनजङ्गा संरक्षण क्षेत्रमा रेडपाण्डाको बाक्लो बासस्थान रहेको छ ।
सिन्धुपाल्चोक, दोलखा र रामेछापका साविकका केहि गाविस मिलाएर बनेको गौरीशंकर क्षेत्रले रेडपाण्डालाई ट्यापिङ क्यामेरामा फेला नपारेपनि दुर्लभ मानिएको हिउँचितुवा चाँहि फेला पार्न सफल भएको छ । ट्यापिङ क्यामेरामा परेका हिउँ चितुवाको संख्या एकिन गरेर घोषणाका लागि संरक्षण क्षेत्रले बन विभागमा पठाएको छ । तर विभागले घोषणा गरीसकेको अवस्था छैन् ।
कमेन्ट गर्नुहोस्

कजवे बगाउदा यातायात अवरुद्ध
रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..
10 घन्टा पहिले
दुर्गम समुदायमा अदालती कुरा
रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..
10 घन्टा पहिले
रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..
रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..
2 दिन पहिले
मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै
रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..
2 दिन पहिले
राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने
रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता

