लोपोन्मुख गिद्द फेला परे
9 महीना पहिले प्रकाशित
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किनारमा करिव आधा दर्जन गिद्ध देखीएका हुन ।
तामाकोशीको किनारमा रहेको सिनो खानका लागि आएका ति गिद्दको नाम र बासस्थानका बारेमा स्थानीय अनभिज्ञ छन । दुइ दिन देखि उक्त क्षेत्रमा गिद्धको बथान देखिएको र तिनले कोशीले बगाएर ल्याएको सिनो खाइरहेको स्थानीय आइती माझीले वताइन ।
बाक्लै गिद्ध देखिने रामेछापको दक्षिणी क्षेत्रमा झण्डै दुइ दसक पछि यति धेरै गिद्ध देखापरेका हुन । जलवायु परिवर्तनको तिव्र असर देखापरेको दक्षिणी रामेछापमा गिद्धका लागि उपयुक्त बासस्थान छैन । कोशी किनारका सिमलका रुख नासिनु र बुढागाई भैंसीहरु खेदुवाले लैजान थालेपछि गिद्ध लोप भएका थिए । पशु प्राविधिकले गाई भैसीमा चलाउने डाइकोफाम नामका औषधिका कारण गिद्द थप संकटमा परेका थिए । डाइकोफाम लगाइएको गाइभैसीको सिनो खाने गिद्दमा भुत्ला खुइलिने, समूहबाट एक्लिने र मर्ने गर्छन् । सरकारले साे अौषधिलाई प्रयाेग नगर्न भने पनि अझै पनि अौषधिकाे प्रयाेग राेकिएको छैन् ।
नेपाल गिद्दको प्रमुख बासस्थान भएको क्षेत्रमा पर्ने भएपनि जलवायु परिवर्तनका कारण पछिल्लो दशक गिद्द लोप हुने चरणमा छ । वातारणको सन्तुलनका लागि गिद्दको संरक्षण जरुरी भन्दै वातावरणविदहरुले गिद्दको संरक्षण र प्रजननका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन । गिद्दलाइ पृथ्विकाे कुचिकार भन्ने गरिन्छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
