कोलञ्जोर पुल अलपत्र छोडियो, ठेकेदार काम गर्न आउछु भन्छन् तर आउदैनन्
4 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – पूर्वि रामेछापको लाईफलाईनको रुपमा रहेको कोलञ्जोरघाट पुल अलपत्र छ । लिखु करिडोर खुलेको केहि बर्ष भइसक्दा पनि पुल खुल्न नसक्दा स्थानीयले सेवा पाउन सकेका छैनन् । पुलको काम अव धेरै छैन् , तर काम गर्ने ठेकेदार पनि छैन् । पुल अलपत्र पारेर ठेकेदार अन्यत्रै गएका छन् ।
रामेछापलाई मध्यपहाडि राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरमा पर्ने उक्त कोलञ्जोर घाट स्थित सुनकोशी नदी माथि निर्माणाधिन पक्की पुल चार बर्ष अघी निर्माण पुरा हुनुपर्ने थियो । सुरुको संझौता बमोमिजको म्याद सकिएको चार वर्ष वितिसक्यो, तर म्याद थपिएको थपियै छ ।
निर्माण कार्यका लागि भएको संझौता बमोजिम चार बर्ष अघी अर्थात २०७७ साल असारमा पुरा हुनु पर्ने हो । पुल निर्माण कार्य सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई सरकारले पटक पटक म्याद थपिदिएको छ । अन्तिम पटक थपिएको म्याद आउदो चैत २० गते सकिदैछ । म्याद सकिने दिन आउन अव १ महिना बाँकी भएपनि पुलमा गर्न बाँकी रहेको निर्माण कार्य सक्ने तर्फ निर्माण व्यवसायीको सुरसार छैन् ।
सडक विभागको पुल सेक्टर आयोजनाले २०७४ साल असारमा सो पुल निर्माण कार्यका लागि ठेक्का लगाएको हो । शंकरखोला दोभान पुल नाम दिएर ठेक्का लगाएको उक्त पुल डिजाईन एण्ड विल्ड प्रकृयाबाट निर्माण थालिएको हो । पुल निर्माणका लागि अनक–महाविर जेभि संग संझौता भएको छ । संझौता बमोजिम कुल १ सय ९० मिटर लामो उक्त पक्कि पुल निर्माणका लागि २३ करोड ६८ लाख ६७ हजार ३ सय ५० रुपैयाँ ( भ्याट र पिएस समेत ) मा ठेक्का संझौता भएको थियो ।
मध्यपहाडि राजमार्गको सिन्धुलीको फिक्कल गाउँपालिका र रामेछाप नगरपालिकाको विचमा पर्ने सुनकोशी नदी माथि निर्माण गर्नुपर्ने उक्त पुलको स्याब ढलान सम्पन्न भइसकेको छ । तर पुलमा आउने एप्रोच सडक, रिटेनिङ वाल र रेलिङ लगाएतको काम मात्र बाँकी छ । त्यति काम सक्ने हो भने तत्काल मोटर संचालन गर्न सकिन्छ ।
पुल निर्माणमा सम्लग्न सडक विभागको पुल सेक्टर आयोजनाका ईन्जिनियर नेत्रविलास पौडेलका अनुसार निर्माण व्यवसायीलाई उक्त पुलको अधुरो रहेको कार्य सम्पन्न गर्नका लागि पटक पटक पत्रचार र मौखिक रुपमा ताकेता गरिएको छ । तर निर्माण व्यवसायीले काममा अझै चासो देखाएको अवस्था छैन् । जनप्रतिनिधि लगाएतबाट बारम्बार ताकेता आएको तर थोरै मात्र काम बाँकी रहेको उक्त पुल संचालनमा ल्याउन निर्माण व्यवसायी परिचालन हुन सकेको छैन् ।
पौडेलका अनुसार बाँकी रहेको निर्माण कार्य खुरुखुरु गर्ने हो भने बढीमा २ महिनामा सकिन्छ । ‘पुलका बेग्ला बेग्लै काम भएकाले बेग्ला बेग्लै कामदारको समूह परिचालन गरेमा १ महिना अर्थात म्याद भित्रै निर्माण कार्य सक्ने अवस्था छ ’ पौडेलले भने । आयोजनाले सम्पर्क गर्दा निर्माण व्यवसायीले म अव चाडै काम गर्छु भन्ने जवाफ दिने गरेको तर साईटमा भने नपुगेको पौडेलले वताए ।
शंखरखोला पुल निर्माणका लागि ठेक्का बन्दोवस्त पछि थालिएको ओखलढुंगा जिल्ला जोड्ने सुनकोशी माथिनै निर्माण थालिएको अर्को पुल भने केहि बर्ष अघी देखिनै संचालनमा आईसकेको छ । पछि ठेक्का लागेको पुल सकिएर संचालन भएका केहि बर्ष भैसक्दा पनि कोलञ्जोर घाटको पुल निर्माण नसकिनुलाई रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले दुर्भाग्यको रुपमा लिएका छन् । उक्त पुल सम्पन्न गर्नका लागि उनले सरकारका विभिन्न निकायमा धाएको धेरै समय भइसकेको छ ।
संघीय सरकार र प्रदेश सरकारले लिखु करिडोर हुदै रामेछापको गुम्देल पुग्ने सडकका लागि उच्च प्राथमिकता दिएर निर्माण गरिरहेका छन् । उक्त पुलको निर्माण कार्य अधुरै हुदा लिखु करिडोरको सडकमा सवारी साधन संचालन हुन सकेका छैनन् । उक्त पुल संचालन पछि रामेछापको पुर्वि उत्तरी क्षेत्र र ओखलढुंगाको पश्चिमी उत्तरी क्षेत्रमा काठमाण्डौैं र तराईका जिल्ला आवत जावत गर्न निकै छोटो पर्नेछ ।
हाल विपी राजमार्गबाट सिन्धुलीको खुर्कोट बाट मन्थली हुदै साँघुटार, घोराखोरी, सिरीसे, गाम्नाङ, खिजी फलाटे, लगाएतको क्षेत्रमा पुग्ने सवारी साधन संचालन हुदै आएको छन् । उक्त मार्ग भन्दा लिखु करिडोर धेरै छोटो पर्ने भएकाले सरकारले महत्व दिएको हो । लिखु नदीको पूर्वि क्ष्ँेत्रमा पर्ने ओखलढुंगामा पनि लिखु करिडोरमा उच्च प्रँथमिकता दिएर सडक निर्माण भइरहेको र केहि बर्षमा लिखु करिडोरको काम पुरा हुने ओखलढुंगाका सांसद रामहरी खतिवडाले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्

कजवे बगाउदा यातायात अवरुद्ध
रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..
16 घन्टा पहिले
दुर्गम समुदायमा अदालती कुरा
रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..
16 घन्टा पहिले
रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..
रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..
2 दिन पहिले
मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै
रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..
2 दिन पहिले
राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने
रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता

