माझी वस्तीका विद्यालयमा सार्वजनिक विदा
9 महीना पहिले प्रकाशित
रामेछाप । माझीहरुको प्रमुख चाड लदी पुजा ( कोशी पुजा ) को अवसरमा मन्थली नगरपालिकाले माझी समुदायका विद्यालयमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले माझी समुदायको बसोवास रहेको र माझी समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले सोमबार जारी गरेको सार्वजनिक सूचनामा लदी पुजाको अवसरमा मन्थली नगरपालिकाको वडा नम्बर १, २, ६, ७ र ८ मा रहेका विद्यालयमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ । मन्थली नगरपालिकामा माझीहरुको उल्लेख्य वसोवास रहेको छ । माझीहरुले फागुनको तेश्रो मंगलबारका दिन धुमधामले लदी पुजा ( नदी पुजा ) गर्ने गर्दछन् ।
मन्थली नगरपालिकाका पूर्व नगर प्रमुख रमेशकुमार वस्नेतको नेतृत्वमा रहेको नगरसभाले माझीहरुको प्रमुख चाडको रुपमा रहेको लदी पूजाको अवसरमा मन्थली नगरपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । एक बर्ष उक्त निर्णय कार्यान्वयन भएपनि उनकै बाँकी कार्यकालमा र हाल सम्म सो दिन विदा दिने चलन हटेको थियो । माझी समुदायले साविकको निर्णय र बागमति प्रदेश सरकार समेतको निर्णयको आधारमा लदी पूजाको दिन सार्वजनिक विदा दिनु पर्ने माग गर्दै केहि दिन अघी नगर प्रमुख लब श्रेष्ठलाई ज्ञापन पत्र वुझाएका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
