+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

क्षतिग्रस्त पुल अझै मर्मत भएनन्

9 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । गत असोजमा सुनकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त वनाएर वगाएका झोलुङ्गे पुल मर्मत र पुननिर्माण नहुदाँ स्थानीय बासिन्दालाई आउजाउमा समस्या भोग्नु परेको छ ।


बर्षायाममा बगाएको पुल हिउँद सकिदा सम्म मर्मत भएका छैनन् । जोखिम अवस्थामा रहेका केहि झोलुङ्गे पुलमा झुण्डिदै विद्यार्थी, बृद्धबृद्धा र विरामीहरु वारपार गर्न बाध्य छन् । स्थानीय सरकारले केहि पुलमा फल्याक र वाँसको प्रयोग गरेर अस्थायी रुपमा आवत जावत खुलाएका छन् । तर त्यस्ता पुलको यात्रा पनि जोखिममुक्त हुन सकेको छैन् ।


    रामेछाप र सिन्धुली जिल्लाको सिमा भएर बग्ने सुनकोशी नदीमा नेपालथोक देखि कोलञ्जोर घाट सम्म रहेका ११ वटा झोलुङ्गे पुललाई बाढीले क्षति गरेको थियो । खुर्कोट र सित्खाको पुल बगाएको थियो भने अन्य पुलमा धेरै ठुलो क्षति गरेको थियो । सिन्धुलीको चैनपुर र रामेछापको पुछिघाट जोड्ने पुलमा सवैभन्दा धेरै क्षति भएको छ ।


    स्थानीय सरकारले मर्मत गर्न नसक्ने भएपछि पुल मर्मत र निर्माणका लागि माथिल्लो निकायमा माग गरिएको छ । शहरी विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास विभागले क्षतिग्रस्त पुलको मर्मत सुधार र पुननिर्माणका लागि काम अघी बढाएको जनाएको छ । मर्मत कार्यका लागि लागत समेत तयार गरेर बजेट माग गर्न समय लागेको हो ।


    पूर्वाधार विकास विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेका अनुसार क्षतिग्रस्त झोलुङ्गे पुल दुई चरणमा पुननिर्माणको काम गर्ने योजना अघी सारिएको छ । मर्मत गरेर संचालन गर्न मिल्ने खालका पुल अर्थ मन्त्रालयले बजेट उपलव्ध गराएमा यसै बर्ष काम गर्ने तयारी छ । न्यौपानेले पुल मर्मत लगाएतका लागि अर्थ मन्त्रालय संग बजेट माग गरिसकेको वताए । उनका अनुसार वजेट निकाशाको आधारमा मर्मत कार्य अघी बढाउने काम हुन्छ ।  


पुल बगेको स्थानमा अर्को पुल निर्माणका लागि भने केहि समय लाग्ने भएको छ । ‘ पुल बगेको स्थानमा फेरी पुल बनाउन मिल्दैन’ न्यौपानेले भने – त्यसको आसपास अर्को स्थानमा पुल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन वनाउनु पर्ने हुन्छ, त्यसैले पुननिर्माणको काम चाँहि अर्को बर्ष बाट गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले