+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नेपालको शिक्षा अझै व्यवहारिक हुन सकेन - सभामुख घिमिरे

5 महीना पहिले प्रकाशित

रामेछाप । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको शिक्षा अझै पनि व्यवहारिक शिक्षा हुन नसकेको वताएका छन् । सामुदायिक विद्यालयमा पढेकाले बेरोजगार वस्नु नपर्ने व्यवहारिक र प्राविधिक शिक्षा कसरी दिलाउन सकिन्छ भन्ने कुरा आजको चिन्ताको विषय हो सभामुख घिमिरेले भने – पढेकाले रोजगारी पाएमा मात्र वास्तविक अर्थमा शिक्षा हासिल गरेको महत्व दिलाउन सकिन्छ ।


रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ को ज्यामिरेखानीमा रहेको श्रीमाविको स्वर्ण महोत्वसवको शनिबार उद्घाटन गर्दै घिमिरेले शिक्षा सुधारका लागि शिक्षकलाई तालिम, श्रोत साधन, ऐन कानुनमा सुधार कसरी गर्न सकिन्छ भन्ने कुरा चिन्ताको विषय हुनुपर्नेमा जोड दिए ।


शिक्षा विधयक प्रतिनिधि सभाको विधायन समितिमा अध्ययनको लागि रहेको वताउदै घिमिरेले उक्त विधेयक चाडै पारित होस भन्ने आफ्नो कोशिस रहने समेत वताए । उनले शिक्षाबाट विमुखहरुलाई शिक्षाको पहुँचमा ल्याउन र सामुदायिक विद्यालयको सिकाई उपलव्धिलाई निजी स्तरको भन्दा गुणस्तर वनाउनका लगि सवैले जोड दिनुपर्ने कुरा औंल्याए । उनले विद्यालयको भौतिक पूर्वाधार हरु भएका तर गुणस्तरमा सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै सवैको सरोकार शिक्षामा गुुणात्मक सुधारका लागि हुनुपर्ने वताए ।


संघीय राजधानी नजिकै भएर पनि विकासमा पछि परेको रामेछापले विगत ५/७ बर्षमा पूर्वाधारको क्षेत्रमा धेरै फड्को मारेको वताउदै घिमिरेले जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुको विकासका लागि भएका प्रयत्नमा आफ्नो पनि सहयोग रहने वचन दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजवहादुर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिकाको सभामुख घिमिरेले विमोचन गरे । उनले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने चन्दादाता र विद्यालयको विकासका टेवा पु¥याउने विभिन्न व्यक्ति तथा शिक्षकहरुलाई प्रशंशापत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ होमकुमार श्रेष्ठले विद्यालयको गतिविधिका बारेमा प्रतिवेदन प्रश्तुत गरेका थिए ।


२०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल झण्डै २ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयले केहि समय देखि विद्यालयमा अस्थायी छात्राबासको समेत व्यवस्था गरी विद्यालय शिक्षा सुधारका लागि कार्य गर्दै आएको छ ।


कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, वडा नम्बर ६ का वडाअध्यक्ष शिवप्रसाद न्यौपाने लगाएतले लिखु तामाकोशी गाउँपालिकामा शिक्षा क्षेत्रका साथै विकास निर्माण कार्यमा सहयोगका लागि सभामुख समक्ष आग्रह गरेका थिए । सो कार्यक्रममा शिक्षक प्रतिनिधि सोमप्रसाद भट्टराईले समेत आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कजवे बगाउदा यातायात अवरुद्ध

रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..

14 घन्टा पहिले

दुर्गम समुदायमा अदालती कुरा

रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..

14 घन्टा पहिले

रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..

रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..

2 दिन पहिले

मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै

रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..

2 दिन पहिले

राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने

रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..

2 दिन पहिले