+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

गैह्राथोकमा झोलुङ्घे पुल निर्माण

9 महीना पहिले प्रकाशित

रामेछाप । मन्थली नगरपालिकाको वडा नम्बर ३ अर्चले र वडा नम्बर ४ गैह्राथोक जोड्ने झोलुङ्गे पुलको निर्माण पुरा भएको छ । रणजोर खोला वारपार गर्नका लागि उक्त पुल निर्माण गरीएको हो ।


पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख विजयकुमार बज्राचार्यका अनुसार गैह्राथोक जोड्ने उक्त झोलुङ्घे पुल २ सय ९० मिटर लामो छ । पुल निर्माणका लागि झण्डै २ करोड ३० लाख लागेको थियो । उक्त पुल डि गौतम निर्माण सेवाबाट निर्माण भएको हो ।


रणजोर खोला वारपार गर्नका लागि सालु र गैह्राथोकका बासिन्दाले अव जोखिम मोल्नु पर्नेछैन् । यसअघी खोला तर्ने क्रममा केहिको मृत्यू भएपछि पुल निर्माणका लागि स्थानीयले माग गर्दै आएका थिए । रणजोर खोलामानै सालु र ठुलीमदौं जोड्ने मोटर पुल समेत निर्माणाधिन अवस्थामा छ । उक्त पुल समेत पूर्वाधार विकास कार्यालय मार्फत प्रदेश सरकारले निर्माण गर्न लागेको हो । पुल निर्माण पछि मन्थली बाट सालु आवतजावतका लागि थप सहज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले