एमालेले रामेछाप नगरपालिकालाई २५ बुँदे ध्यानाकर्षण वुझायो
9 महीना पहिले प्रकाशित
रामेछाप । नेकपा एमाले रामेछाप नगर समितिले विभिन्न २५ बुँदे माग सहित रामेछाप नगरपालिकालाई ध्यानाकर्षण पत्र वुझाएको छ ।
आईतबार एमाले नगर अध्यक्ष रोशन पाख्रिनले रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेलाई उक्त ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानाकर्षण पत्र वुझाउने कार्यक्रममा एमाले रामेछाप नगरपालिकाका पदाधिकारी समेतको सहभागिता रहेको थियो ।
एमालेले रामेछाप नगर भित्रका विभिन्न योजनाहरुको अवस्था प्रति चासो राख्दै उक्त योजनाहरु पुरा गर्नका लागि आग्रह गरेको छ । विहिबारे हाटवजार व्यवस्थित गर्न, पुष्पलाल पार्क र अधुरा रहेका स्वास्थ्य चौकीको निर्माण पुरा गरी संचालनमा ल्याउन, सुकाजोरमा निर्माण भएको कबर्डहलको उचित व्यवस्थापन गर्न, रामेछाप नगरपालिका भित्र बसपार्कको निर्माण गर्न, नगरपालिकाले अघी सारेका मेघा विद्यालय लगाएत शिक्षाका योजना कार्यान्वयन गर्न, योजनाको रकम दुरुपयोग गर्नेलाई कारवाहिको दायरामा ल्याउन, खानेपानी योजनाहरुको निर्माण गर्नका लागि सरकारी निकायमा समन्वय गर्न, सरकारी जग्गा दुरुपयोग रोक्न, आन्तरिक आय वृद्धि गर्न र कर छली रोक्न आग्रह गरीएको छ ।
त्यसैगरी स्थानीय कानुन निर्माण र अद्यावधिक गर्न, विपदका लागि पूर्व तयारी र योजना निर्माण गर्न, कृषि एम्बुलेन्स लगाएतका साधनको कार्यविधि निर्माण गर्न, संघीय र प्रदेश स्तरका कार्यालय संगको समन्वय गर्न र बजेट समयमानै खर्च गरी नागरिकलाई सेवा प्रदान गर्न समेत ध्यानाकर्षण पत्रमा माग गरीएको छ ।
एमालेको ध्यानाकर्षण पत्र वुझ्दै नगर प्रमुख लबश्री न्यौपानेले ध्यानाकर्षण पत्रमा समावेश भएका कतिपय वुँदाहरु तत्कालै पुरा हुने खालका रहेका र केहि योजनाहरुको बारेमा नगर कार्यपालिकाले आवश्यक छलफल गरी क्रमस कार्यान्वयनमा ल्याईने वताए । उनले नगरको विकासका लागि नगरपालिकाले उल्लेख्य कार्य गरेको र संघीय तथा प्रदेश सरकार संगको समन्वयमा काम हुदै आएको वताए । उनले रामेछापको विकासका लागि सबैं एकैथलोमा वसेर सरसल्लाह गरेर अघी बढन सकिने र केहि याेजनाहरुको लागि सवैले माथिल्लाे निकायमा पहल गर्न आवश्यक रहेको वताएका थिए । कार्यक्रममा रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की सहितका जनप्रतिनिधिकाे समेत उपस्थिति थियाे ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
