रामेछाप । नेपाल शिक्षक संघ रामेछापको २५ औं जिल्ला प्रतिनिधिसभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ं) ले उक्त परिषदको उद्घाटन गरेका थिए ।
नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राज्यमन्त्री तामाङ, पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की, नेपाली काँग्रेस रामेछापका उप सभापति लेखवहादुर कार्की, युवा नेताहरु कृष्णवहादुर महत, रत्नवहादुर कार्की, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की, लक्ष्मणकुमार घिमिरे र नबराज घिमिरे लगाएतले नेपालको राजनीतिक र शैक्षिक सुधारका लागि नेपाल शिक्षक संघले खेलेको भूमिका माथि प्रकाश पार्नुको साथै शिक्षकका अधिकार सगैं शैक्षिक गुणस्तर वृद्धि गरी सभ्य समाज निर्माणमा शिक्षकहरुले अझ क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लामा शिक्षा क्षेत्रमा लामो समय सम्म योगदान गरी सेवा निबृत भएका शिक्षक संघका पूर्व जिल्ला अध्यक्षहरु रामचन्द्र खड्का, लक्ष्मणकुमार घिमिरे र नबराज घिमिरेलाई दोसल्ला र सम्मान पत्र द्धारा सम्मानीत गरीएको थियो । उनीहरुलाई राज्यमन्त्री तामाङले सम्मान गरेका हुन् ।
