रामेछाप । नेपाल शिक्षक संगठन रामेछापको चौधांै जिल्ला अधिवेशनले शरणकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्र्बिरोध निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा शंकरवहादुर वस्नेत र सुनमाया तामाङ, सचिवमा संतोष भण्डारी, सहसचिवमा शारदा खड्का र कोषाध्यक्षमा जितवहादुर तामाङ रहेका छन् ।
संगठनको शुक्रबार र शनिबार मन्थलीमा सम्पन्न उक्त अधिवेशनमा संठनात्मक प्रतिवेदनहरु माथि छलफल गरी विभिन्न निर्णय गरीएको जनाइएको छ ।
