+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सिमान्तकृत समुदायको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यायो कपडा

10 महीना पहिले प्रकाशित

रामेछाप । नेकपा एमाले बागमति प्रदेशका सदस्य तथा समाजसेवि रत्नप्रसाद गौतमले रामेछापको खाँडादेवि गाउँपालिका ४ को रजगाउँ स्थित सिमान्तकृत माझि समुदायमा रहेको भिमेश्वर प्रसुन कँडेल माविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मंगलबार न्यायो कपडा वितरण गरेका छन् ।


विद्यालयमा आयोजित कार्यक्रममा एमाले नेता तथा समाजसेवि गौतमले कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने २ सय ५६ जना विद्यार्थीहरुलाई न्यायो कपडा ( ट्रयाकसुट लगाएत ) वितरण गरेका थिए । कार्यक्रममा गत बर्षको एसईइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने सिमान्तकृत माझि समुदायका ४ जना विद्यार्थीहरुलाई नगद ५ हजार सहित प्रशंसा पत्र समेत गौतमले हस्तान्तरण गरेका छन् । 

मंगलबारनै अर्काे दुर्गम वस्ति डडुवाकाे सुर्के माविका ४ सय ४० जना र सन्जिवनी मावि पात्लेका २ सय ५ जना विद्यार्थिलाइ पनि न्यायाे कपडा वितरण गरिएको छ । गाैतमकाे सहयाेगमा पठाइएका कपडाहरु एमालेका नेता दिपेन्द्र कार्कीले विद्यार्थीहरुलाइ हस्तान्तरण गरेका थिए । थामी समुदायमा रहेका दुवै विद्यालयका विद्यार्थीहरु मध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी लाइ नगर सहित प्रस‌ंशा पत्र समेत प्रदान गरिएको थियाे । 


राजनिती सगसगैं समाजसेवी छवि बनाएका गौतमले केहि दिन अघी मन्थली माविमा अध्ययन गर्ने १ हजार २ सय र गौश्वाराका दुई वटा विद्यालयमा पुगेर झण्डै ३ सय विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरीसकेका छन् ।


प्राकृतिक प्रकोपमा परेका विरामी, असक्त, घरबार विहिन परिवार, उपचार खर्च नभएर रोग पालेर बसेका विरामी, दिर्घ रोगीको उपचार खर्चका लागि गौतमले केहि बर्ष देखि सघाउदै आएका छन् । गत बर्षायाममा दोरम्बा शैलुङ ३ को टोकरपुरमा गएको पहिरोमा परेर निधन भएका र घरबार विहिन हुन पुगेका परिवारलाई गौतमले ठुलो आर्थिक सहयोग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले