+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

प्रेस चौतारी रामेछापमा नयाँ नेतृत्व

5 महीना पहिले प्रकाशित

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको ५ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार मन्थलीमा भएको जिल्ला अधिवेशनले लेखबहादुर बिकको अध्यक्षतामा पदाधिकारी र सदस्यहरु निर्बिरोध चयन गरेको हो ।


प्रेस चौतारी नेपालका अनुसार समितिको उपाध्यक्षमा शान्ता श्रेष्ठ, समावेशी उपाध्यक्षमा सीता पुरी , सचिवमा डोरशंकर बरुवाल, सहसचिवमा कुमार मिजार र कोषाध्यक्षमा सर्मिला बिसुन्के रहेका छन् ।


त्यसैगरी सदस्यहरुमा भवानी खड्का र सञ्जना रसाईली निर्बिरोध चयन भएका छन् । चौतारीको केन्द्रीय प्रतिनिधिमा युनिक विफा घिसिङ र पार्वति पाठक चुनिएका छन् भने प्रदेश प्रतिनिधिमा नबराज श्रेष्ठ र सुमित्रा लामा चयन भएका छन् ।


प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस पारेर आयोजित जिल्ला अधिवेशनको नेकपा एमालेका नेता तथा बागमति प्रदेशका सांसद आनन्दकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा एमाले प्रदेश समिति सदस्य रत्नप्रसाद गौतम, प्रेस चौतारी नेपालका महासचिव हिरा लामा , एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया, र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक लगाएतले वर्तमान अवस्थामा संचार क्षेत्रले खेल्नु पर्ने भूमिकाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।


कार्यक्रममा यस बर्षको उत्कृष्ठ प्रेस चौतारी पत्रकारीता पुरस्कारबाट सुमित्रा लामालाई सम्मान गरीएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका विभिन्न तहमा निर्वाचित पदाधिकारीलाई समेत सम्मान गरीएको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कजवे बगाउदा यातायात अवरुद्ध

रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..

20 घन्टा पहिले

दुर्गम समुदायमा अदालती कुरा

रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..

20 घन्टा पहिले

रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..

रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..

2 दिन पहिले

मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै

रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..

2 दिन पहिले

राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने

रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..

3 दिन पहिले