रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको ५ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार मन्थलीमा भएको जिल्ला अधिवेशनले लेखबहादुर बिकको अध्यक्षतामा पदाधिकारी र सदस्यहरु निर्बिरोध चयन गरेको हो ।


प्रेस चौतारी नेपालका अनुसार समितिको उपाध्यक्षमा शान्ता श्रेष्ठ, समावेशी उपाध्यक्षमा सीता पुरी , सचिवमा डोरशंकर बरुवाल, सहसचिवमा कुमार मिजार र कोषाध्यक्षमा सर्मिला बिसुन्के रहेका छन् ।


त्यसैगरी सदस्यहरुमा भवानी खड्का र सञ्जना रसाईली निर्बिरोध चयन भएका छन् । चौतारीको केन्द्रीय प्रतिनिधिमा युनिक विफा घिसिङ र पार्वति पाठक चुनिएका छन् भने प्रदेश प्रतिनिधिमा नबराज श्रेष्ठ र सुमित्रा लामा चयन भएका छन् ।


प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस पारेर आयोजित जिल्ला अधिवेशनको नेकपा एमालेका नेता तथा बागमति प्रदेशका सांसद आनन्दकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा एमाले प्रदेश समिति सदस्य रत्नप्रसाद गौतम, प्रेस चौतारी नेपालका महासचिव हिरा लामा , एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया, र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक लगाएतले वर्तमान अवस्थामा संचार क्षेत्रले खेल्नु पर्ने भूमिकाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।


कार्यक्रममा यस बर्षको उत्कृष्ठ प्रेस चौतारी पत्रकारीता पुरस्कारबाट सुमित्रा लामालाई सम्मान गरीएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका विभिन्न तहमा निर्वाचित पदाधिकारीलाई समेत सम्मान गरीएको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।