रामेछाप । मन्थली नगरपालिका ५ सुनारपानीमा निर्माण भएको मन्दिरमा सोमबार विद्याकी देवि सरस्वतीको मुर्तिको प्राण प्रतिष्ठा गरीएको छ ।


भैरबि मावि परिसरमा निर्मित उक्त मन्दिर आफ्ना पितृको स्मृतिमा सोहि माविका शिक्षक द्धारिका कार्की र महालक्ष्मी कार्कीले निर्माण गरेका हुन । मन्दिर निर्माणमा झण्डै ६ लाख ३८ हजार खर्च लागेको थियो ।


यसैविच उक्त मन्दिरको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सोमबार एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल श्रेष्ठ, वडा अध्यक्ष रविन कार्की, मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्की लगाएतले कार्की दम्पतिले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्दिर निर्माण गर्ने कार्की दम्पतिलाई नगर प्रमुख लब श्रेष्ठले सम्मान गरेका थिए ।