भैरबि मावि परिसरमा निर्मित सरस्वती मन्दिरमा प्राण प्रतिष्ठा
10 महीना पहिले प्रकाशित
रामेछाप । मन्थली नगरपालिका ५ सुनारपानीमा निर्माण भएको मन्दिरमा सोमबार विद्याकी देवि सरस्वतीको मुर्तिको प्राण प्रतिष्ठा गरीएको छ ।
भैरबि मावि परिसरमा निर्मित उक्त मन्दिर आफ्ना पितृको स्मृतिमा सोहि माविका शिक्षक द्धारिका कार्की र महालक्ष्मी कार्कीले निर्माण गरेका हुन । मन्दिर निर्माणमा झण्डै ६ लाख ३८ हजार खर्च लागेको थियो ।
यसैविच उक्त मन्दिरको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सोमबार एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल श्रेष्ठ, वडा अध्यक्ष रविन कार्की, मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्की लगाएतले कार्की दम्पतिले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्दिर निर्माण गर्ने कार्की दम्पतिलाई नगर प्रमुख लब श्रेष्ठले सम्मान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
