रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ८ मा वसोवास गर्ने अपाङ्गहरुलाई वडा कार्यालयकाे अगुवाईमा बिहिबार न्यायो कपडा वितरण गरीएको छ ।


वडा अध्यक्ष सन्तोषकुमार तामाङको अध्यक्षतामा भएको साे कार्यक्रममा रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापाले उक्त वडामा रहेका ३० जना अपाङ्गहरुलाई न्यायो कपडा वितरण गरेकी थिईन् । महिला बालबालिका शाखाकी सरिता बुढाथोकिका अनुसार उक्त वडामा क बर्ग र ख बर्गका ३० जना अपाङ्ग रहेका छन् । कार्यक्रममा बालविवाहको बारेमा समेत सचेतना गराईएको थियो ।