रामेछाप । शहीद दिवसको अवसरमा रामेछाप जेसीजले तीनलाल पार्कमा पुगेर शहिदको प्रतिमामा माल्यार्पण तथा दिप प्रज्वलन गरेको छ । बुधबार अपरान्ह जेसीजको आयोजनामा भएको उक्त कार्यक्रममा बागमति प्रदेशसभाका उद्योग पर्यटन वातवरण समितिका सभापति आनन्द श्रेष्ठले शहीद गंगालाल श्रेष्ठ , कृष्णलाल अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्र्यापण गर्नुको साथै शहीदको सम्झनामा माल्यार्पण गरेका थिए ।

रामेछाप जेसीजका कार्यकारिणी उपाध्यक्ष सुमन खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ सहितले मन्तव्य राखेका थिए ।