रोशीमा सिमाना एकिन गर्दै प्राविधिकहरु
10 महीना पहिले प्रकाशित
काभ्रेपलाञ्चोक — काभ्रेको रोशी खोला क्षेत्रमा अचेल स्थानीय र प्राविधिकहरु खोला क्षेत्र र व्यक्तिगत जग्गाको साँध सिमा एकिन गर्ने कार्यमा जुटेका छन् ।
पनौती नगरपालिका, नापी कार्यालय र नापी तालिम केन्द्रका प्राविधिकहरु सहित स्थानीयहरु खोलाले बगाएको आफ्नो जग्गाको एकिन सिमाना खोज्न खोला किनारमा खटिरहेका छन् ।
गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित रोशीखोलाका बासिन्दाले आफ्नो स्वामित्वको जग्गा एकिन गरेपछि त्याँहा फेरी अनाज बनाउने सपना देखेका छन् । सिमा एकिन भएका कतिपय स्थानमा किसानहरु आफ्नो जग्गा वनाउन समेत लागिपरेका छन् ।
पनौती नगरपालिकाका अनुसार हाल सम्म रोशी खोलाको ९ किलोमिटर क्षेत्रको सिमाना एकिन गर्ने काम पुरा भएको छ । पनौतिको रोशी दोभान सम्मको काम पुरा भएको नगरपालिकाले जनाएको छ । सिमाना एकिन सगैं क्षति भएका जग्गाको मूल्यांकन समेत गर्ने योजना नगरपालिकाको छ ।
खोलाले जताततै बगर बनाएपछि नापी प्राविधिकहरुले डिजीपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन अध्ययन गरीरहेका छन् । प्रविधिको सहयोगले भएको जग्गा एकिनमा स्थानीयले साथ दिएपछि प्राविधिकहरुले सिमाना एकिन गर्ने कार्यलाई तिव्रता दिएका छन् । स्थानीयले खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्र पुनर्निर्माणको काम सुरु हुनुपर्ने माग गर्दै आएका थिए । पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घरमा आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार छ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
20 मिनट पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
