टीकाप्रसाद भट्ट
रामेछाप – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलालको संझनामा उनको जन्मथलो रामेछाप नगरपालिका ८ भंगेरी स्थित पुष्पलाल पार्क भित्र निर्माण भएको करोडौंको सभा भवन बेवारिसे भएको छ । भवन निर्माण गर्ने संघीय सरकार देखि स्थानीय सरकारले समेत भवनको रेखदेख र संरक्षण नगर्दा उक्त आधुनिक सभाभवन गोठाला र घाँसीको आश्रय स्थल बनेको छ ।
एयर कण्डिसन सहितको चिटिक्क सजाईएको सभाभवन प्रयोगमा नआएको मात्र हैन, संरक्षणका लागि हेरालु नहुदाँ उक्त भवनमा क्षति पुग्न थालेको छ । घेराबेरा नभएकोले भवन र पार्क क्षेत्रमा जो सुकैको सहज पहुुँच र आफु खुसी गर्ने छुट छ ।
सभा भवन निर्माण पुरा भएको ३ बर्ष वितिसकेको छ । तर उक्त भवनको रेखदेख र संचालनको विधिका बारेमा अझै अन्यौल छ । भवन हस्तान्तरण गरी लिनका लागि रामेछाप नगरपालिकालाई आग्रह गरीएको भएपनि नगरपालिकाले उक्त भवन लिन मानेको छैन । ‘भवन लिने वित्तिकै रेखदेखको दायित्व बढ्ने भएकाले उक्त सभाहल लिने सोच नरहेको नगर प्रमुख लबश्री न्यौपानेले वताएका छन् । नगरपालिकाले आफ्नै कार्यालय भवनको माथिल्लो तलामा आधुनिक सभाहलको निर्माण थालेको छ । पुष्पलाल पार्क रामेछाप नगरपालिका भवन बाट करिव डेढ किलोमिटर टाढा पर्छ । उक्त क्षेत्रको आसपास सुरक्षा र अन्य सरकारी कार्यालय छैनन् ।
‘ सभाहल मात्र हैन, यो जग्गामा रहेका बोट विरुवा र भवनको बेथिति भयो ’ स्थानीय गौतम श्रेष्ठ भन्छन् – सरकारले अधिग्रहण गरेर लिएको जग्गामा रहेका बोट विरुवा नष्ट हुने क्रम बढेको छ । पार्क क्षेत्रमा रहेका रुख विरुवा काट्ने र क्षति पु¥याउनेलाई कुनै निकायले कारवाहिको दायरामा नल्याएकोले थप क्षति हुन थालेकोमा उनले चिन्ता प्रकट गरे । पार्क क्षेत्रका लागि सरकारले अधिग्रहरण गरेको करिव ५० रोपनी जग्गामा रहेका जुनार सुन्तला, आँप नास्पाति लगाएतका फलफुल र अन्य रुख विरुवा नासिने क्रममा छन् । उक्त जग्गा ६ बर्ष अघी सरकारले अधिग्रहण गरेर लिएको हो ।
शहरी विकास मन्त्रालयले कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल पार्कको निर्माण थालेको ६ बर्ष वितेको छ । ६ बर्ष अघी बनाएको डिपिआर बमोजिमका संरचना निर्माणका लागि करिव ५५ करोड खर्च हुने अनुमान रहेको उक्त पार्कमा सरकारले कनिका छरेको झै बजेट विनीयोजन गर्दै आएको छ । अघील्ला सालमा संवोधनको लागि थोरै बजेट दिने भएपनि चालु आर्थिक बर्षमा भने कुनै पनि बजेट बिनीयोजन गरेको छैन् ।
न्यून वजेट दिएका कारण विस्तृत योजना प्रतिवेदनमा समावेश गरिएका संरचनाहरु एकै साथ निर्माण गर्न ठेक्का बन्दोवस्त हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ । जति पैसा आयो त्यसकै आधारमा हरेक बर्ष ठेक्का बन्दोवस्त गर्नुपर्दा निर्माण भएका संरचनाको रेखदेख र संरक्षण पेचिलो वनेको आयोजनाको दावि छ ।
नेपालको राजनीतिका शिर्ष पुरुष विपी कोईराला जन्मस्थान सिन्धुलीको दुम्जामा विपी स्मृति पार्क र पुष्पलाल श्रेष्ठको जन्म स्थान रामेछापको भंगेरीमा पुष्पलाल स्मृति पार्क निर्माणको कार्य एकै साथ अघी बढाइएको हो । सिन्धुलीको दुम्जामा निर्माणाधिन विपी पार्कका संरचना समेत संरक्षण विहिन छन् । सरकारले पार्क व्यवस्थापनका लागि हाल सम्म कार्यविधि वनाएको छैन । ‘अहिले निर्माणको चरणमा रहेकाले कार्यविधि वनेको अवस्था छैन ’ ।
कम्युनिष्ट पार्टीका संस्थापक नेताको नाममा निर्माण थालिएको पुष्पलाल पार्क भित्र निर्माण भएका सरकारी लगानीका भवन बेबारिसे छोडिएपछि नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीया र पूर्व प्रदेश मन्त्री शान्तिप्रसाद पौडेल सहितका नेताहरुले सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुखको ध्यानाकर्षण गराएका छन् । कडरीयाले सरकारले निर्माण सकेको उक्त भवन प्रयोग गर्ने विधि वनाउनु पर्ने र संरक्षणको जिम्मा लिनु पर्नेमा जोड दिए । निर्माण गरेर अलपत्र छोड्दा त्यसको विनास हुन थालेकोमा चिन्ता प्रकट गर्दै कडरीयाले सरकारले नसक्ने भए त्यसको जिम्मा पार्टीलाई दिन आग्रह गरे ।
सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख सुमन सालिकेले पुष्पलाल पार्क भित्रको संरचना हस्तान्तरणको प्रकृया र संचालन अवधारणा स्पष्ट नभएकाले माथिल्लो निकायमा बुझेर अघी बढ्ने वताए । उनले पार्कको व्यवस्थापन र संरक्षण आवश्यक देखिएको वताउदै तत्कालै त्यस बारेमा बुझेर आवश्यक निर्णय लिने जनाए ।
पुष्पलाल पार्कका भवन बेबारिसे भन्दै
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
2 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
2 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
3 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
3 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
3 दिन पहिले
संवाददाता
संवाददाता
