रामेछाप – निर्माण व्यवसायी संघ रामेछापले विभिन्न १४ बुँदे माग संवाेधनका लागि आईतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ। संघले जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हाे । 

       निर्माण सामग्रीहरुकाे मूल्यवृद्धि एंव कालाेबजारी नियन्त्रण गर्न, निर्माण सम्पन्न भएका याेजनाहरुकाे बाँकी रहेकाे रकम भुक्तानी गर्न,  न्यून दरमा ठेक्का स्वीकृत गर्ने कार्य निरुत्साहित गर्नुपर्ने ,सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने , निर्माण सम्बन्धि उच्चस्तरीय आयाेग गठन गठन गर्नुपर्ने लगाएतका माग  ज्ञापनपत्रमा समावेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरले वताएका छन् ।