विकासका लागि स्थानीय प्रयास पुगेन ः सभामुख घिमिरे
10 महीना पहिले प्रकाशित
रामेछाप । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजधानी नजिकै भएर पनि रामेछाप जिल्ला पूर्वाधारको दृष्टिले पछि परेको वताएका छन् ।
‘राजधानी नजिकै भएर पनि रामेछाप पूर्वाधारको हिसावले धेरै पछि परेको देखेको छु ’ सभामुख घिमिरेले भनेका छन् – त्यसका लागि स्थानीय तहबाट हुनु पर्ने प्रयत्न र प्रयासहरु पुगेका छैनन् । स्थानीयबाट जति पहल र प्रयत्न हुन्छ, राज्यले त्यतिनै दृष्टिकोण दिने भएकाले त्यस तर्फ लाग्न घिमिरेले आग्रह गरेका छन् ।
मन्थली नगरपालिकाद्धारा शुक्रबार साँझ आयोजित स्वागत कार्यक्रमलाई संवोधन गर्ने क्रममा सभामुख घिमिरेले रामेछाप जिल्लाका अधिकांश भाग सुख्खा समेत रहेकाले नदीको पानी लिफ्ट गरेर सिंचाई गर्न, हिउँदमा समेत झर्ने घ्याप्चे लगाएतका पहिरो नियन्त्रणका लागि प्रयास गर्न र फोहोरको समयमानै दीर्घकालिन समाधान गर्न आग्रह गरेका छन् ।
‘नगरमा उत्पन्न हुने फोहोरको अहिलेनै स्थायी रुपले समाधान गरीएन भने भविष्यमा यसले बिकराल रुप लिन्छ ’ घिमिरेले भने – पूर्वि नेपालका धेरै ठुला शहरहरुमा अहिले फोहोरको समस्याले टाउको दुखाई छ , बर्षौ देखि प्रयास हुदाँ पनि त्याहाँ अझै फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन् ।
रामेछाप जिल्लाको विकासका लागि आफ्नो पहल र प्रयत्न जहिले पनि हुने भन्दै सभामुख घिमिरेले विकासका लागि राज्यको श्रोत बढाउनु पर्ने अवस्था रहेको वताए । उनले नागरिकहरुले कर तिरेमा आर्थिक हिसावले राज्य बलियो हुने र विकास समेत छिटो हुने उनको तर्क थियो । राज्यले विकासका लागि दिएको बजेटको सदुपयोग र दिगो विकासका लागि समेत सवै नागरिक सचेत हुनुपर्नेमा पनि घिमिरेले जोड दिए ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सभामुख घिमिरेलाई स्वागत गर्दै मन्थली देखि चनखु र मन्थली देखि गेलु जाने सडकमा पुलको अभाव रहेको , मन्थली नगर अस्पताललाई स्तर वृद्धि गरी प्रदेश हुदै संघीय अस्पतालको रुपमा विकास गर्नुपर्ने खाँचो रहेको, फोहोर मैलाको उचित व्यवस्थापन र सडक पूर्वाधारका लागि धेरै काम गर्नुपर्ने उल्लेख गरेका थिए । श्रेष्ठले मन्थली नगरपालिकाको संक्षित चिनारीका साथै कार्ययोजना पुस्तिका समेत उक्त कार्यक्रम सभामुख घिमिरेलाई हस्तान्तरण गरेका थिए ।
शनिबार मन्थलीमा हुने घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशनको उद्घाटनका लागि सभामुख घिमिरे मन्थली आईपुगेका हुन् । अधिवेशनका लागि रामेछाप जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने र रामेछाप स्थायी ठेगाना भई अन्यत्र बसोवास गर्ने घिमिरेहरु मन्थली आईपुगेका छन् । अधिवेशनमा रामेछाप जिल्लाबाट निर्वाचित सांसद तथा उर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) समेतले संवोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
20 मिनट पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
